मानिस ठुलो कर्मले नै हुन्छ

-सागरिका

सलाम छ सानो भाइ कमललाइ

सलाम छ तिम्रो साहसी पाइलाहरुलाइ । 

यमदुतसँग लडने तिमी, देवदुत रहेछौ

मृत्युलाई नि जित्ने, अमृत बनेछौ । 

 सानो पाखुरिमा नि, कत्रो आत्मबल

कुरी कुरी होला समाजका, ठेकदारहरुलाई अब

महान रहेछौ तिमी, महान तिम्रो जननी

लेखिने छ नाम तिम्रो, ईतिहास पनी । 

छैनन शब्द प्रयाप्त मनमा, कसरी म पोखुँ

छल्कियो आँखा खुशीले, कसरी म रोकुँ । 

लासै लासको समाचार माझ

जीवनको यो खबर आएको छ

तेह्र बर्षको कमल भन्ने बालकले

एउटी बालिकालाई बचाएको छ । 

सौरभले तिम्रो आज फेरी

नेपाल आमाको मुहार हँसाएको छ

मानिस ठुलो कर्मले नै हुन्छ

तथ्य त्यो प्रष्ट्याएको छ ।

 मरेको छैन गोर्खाली गौरव

आसाको पालुवा, फेरी यहाँ मौलाएको छ ।

 (पोखराको सेती नदी खोंचमा झण्डै ६० फिट तल खसेकि अढाई वर्षिया वालीकालाईबुधवार नाटकिय ढंगले उद्दार गरेर जिवितै बाहिर निकाल्ने वालक हुन कमल । ति वालक संबन्धि समाचार यहाँ क्लिक गरेर हेर्नुहोस। उनको तस्विर हेर्न यहाँ क्लिक गर्नुहोस)।

तपाइँको प्रतिक्रिया