गजल

-नेपोलियन मरहट्टा

दिन छोटो लाग्छ अचेल रात छोटो लाग्छ अचेल,

जति बोले पनि हाम्रो बात छोटो लाग्छ अचेल ।

आजभोली किन तिम्रो प्रेम बोट ओइलाउँदै छ ?

जति पलाउँछ त्यती, पात छोटो लाग्छ अचेल ।

दुइटै हात तन्काएर तिम्ले अँगालोमा बेरे पनि,

किन किन मलाई तिम्रो हात छोटो लाग्छ अचेल ।

मेटिँदैन प्यास मेरो थोपा थोपा पिलाएर,

बाह्रै महिना रुझे पनि बर्षात छोटो लाग्छ अचेल ।

लम्बाइ, चौडाइ, गहिराई जति सुकै बढाउ तिम्ले,

तर मलाई तिम्रो मन्को आयात छोटो लाग्छ अचेल ।

ईमेल[email protected]

तपाइँको प्रतिक्रिया