बिदेश जाँदै हुनुहुन्छ ? यहि चेलीको झैं बिजोग पर्ला नी !!
-सन्तोष दाहाल / बहराइन
नाम जानुका आर्चाय । भवानीपुर जीतपुर-४, बारा । नेपालकी ३१ वर्षीया यी महिला एक वर्षअघि बहराइनको मोहारक स्थित एक बहराइनीको घरमा हाउसमेडको रुपमा काम गर्न आएकी थिइन । निजको भनाई अनुसार उनलाई उनकी मालीकनीले नौं महिना अघि अनुहारमा एसीड हालीदीएर एक कोठामा बन्धक बनाएर राखेकी थिइन । तर संयोगवश बस छीमेकीले चालपाएर पुलीसलाई खबर गरीदीएपछि पुलीसले उनलाई उद्दार गरी लगेर बहराइनको सरकारबाट सञ्चालीत एक सामाजिक संस्थामा राखीदीयो । त्यो संस्थाले निजलाई उनको उडान हुने दिनसम्म पालेर राख्यो । सो संस्था मार्फत नै नीजको मालीकबाट क्षतिपूर्ती दिलाउन त्यो संस्थाले अदालतमा मुद्धा दायर गर्यो । त्यो मुद्धाको फैसला हुन नौं महिना लाग्यो ।
तैपनि दूर्भाग्यवश त्यो मुद्धा पीडीतकै मालीकले जीत्यो र नेपाली क्लब बहराइनको रोहवरमा नीजलाई नेपाल पर्काउने निर्णय भयो । पीडीतको मालिकले उनलाई मुद्धा जितेको हिसाबले कुनै पनि क्षतिपूर्ती नदिने भयो भने । २२ दिनको तलब र हवाई टिकट मात्र दिने निर्णय गरेर पन्छिन पायो । र नेपाली क्लबको आग्रह अनुसार बिभिन्न संघ संस्थाहरुले उनलाई आर्थिक सहयोग गरे ।
सहयोग गर्ने संस्थाहरुमा नेपाली क्लब, खोटाङ्ग जनकल्याणकारी समिति, म्याग्दी उद्दार समिति, मगर संघ, किरात याक्थुम चुम्लुङ्ग, गुल्मी समाज २४ बीडी, एनआरएनए, प्रवासी युवा समिति, लगायत थुप्रै थिए । उनको स्पोन्सर बाट २२ दिनको तलब गरी जम्मा नेपाली रु. ७८,२६६.०० नेपाली क्लबका अध्यक्ष दुर्गा गिरीले पिडीतलाई दिनुभयो । उनी १९ जनवरी २०१० का दिन बिहानै इतिहाद एयरबाट नेपाल फर्किन । त्यहि भएर बुझ्दै नबुझी, जान्दै अन्जानी घर गाउँ छोडेर, बाख्रा पाठा र भैसीं बेचेर, साहुलाई ब्याजमा तिर्ने गरि ऋण काढेर बिदेशी जाँदै हुनुहुन्छ ग्वाम्म दाम कमाईन्छ भन्ने सोचेर भने होस गर्नुस है ?




