तिम्रो पनि त दोष होला

यस सागारिका 

सुन्यताका पिँडाहरु, रातलाई मात्र थाहा होला

भित्ता सँगै कानेखुसी गर्दै, कती शरद बिते होला  

कती कती बाचा होला, कती कती बन्धन होला

विश्वाश भित्रै लुकेको, कुनै एउटा घात होला  

 

यहाँ कती चोट होला, यहाँ कती खोट होला

 आफु मात्रै ठीक भन्ने, तिम्रो पनि त दोष होला ?

रात पछी दिन भए, दिन पछी रात होला

जुनले नै यहाँ पोलेपछि, आत्था नभन्ने को होला ।

     

यहाँ कती सीता होलिन, यहाँ कती रावण होला

प्रतिक्षा यौटै रामको पनी,  अग्नीपरिक्षा कहिले होला ?

कती यहाँ ठीक होला, कती यहाँ बेठिक होला

आफु मात्रै ठीक भन्ने, तिम्रो पनि त दोष होला ?

तपाइँको प्रतिक्रिया