सानो भुल मेरो पनि

-यस सागारिका

केही दोष मेरो पनि, केही दोष तिम्रो होला
गन्न नसकिने रहरहरु, यहाँ आधा अधुरो होला
न तिमीले सोध्न सक्यौ, न मैले भन्न सकें
मौन अधर् भित्र, कती कती कुरा होला ।
 
केही प्यास यता होला, केही प्यास उता पनि
जीवन साँच्चै मरुभुमीको, एउटा म्रिगत्रिष्णा होला
हल्लै हल्लाको शहर माझ, बदनाम भएपनि
गन्नै नसकिने भुलहरु भित्र, सानो भुल मेरो पनि
त्यसको पनि त यहाँ कतै, क्षमादान होला ।

तपाइँको प्रतिक्रिया