छुट्ला है यूरोप र नेपालका कलाकारको भोली पेरिसमा छमछम !!
भोली जनवरी १० का दिन पेरिसमा फ्रान्स र यूरोपका सांस्क्रितिक टोली एकै ठाउँमा जम्मा हुने भएका छन् । यूरोपमा बसेर बिभिन्न ठाउँमा सांस्क्रितिक कार्यक्रम गर्दै आएका ड्याट्स् बुट्स् टोली, नेपालबाट आएको एक्स् ब्याण्ड र पेरिसका स्थानिय कलाकारहरुले सांस्क्रितिक कार्यक्रम गर्ने छन् । एक्स ब्याण्डका तर्फबाट चार जना नेपाली कलकारहरु आउने भएका हुन् । ति कलाकारहरुको दक्षता र्याप र पप गितमा बढि भएको आयोजक संस्थाका अध्यक्ष तप्त भण्डारीले बताए । इस्विसंबत नयाँ वर्षका अवसरमा यो कार्यक्रम पेरिसस्थित नेपाली एकता समाजले आयोजना गर्न लागेको हो ।
बिभिन्न क्षेत्र र फरक फरक सांस्क्रितिक टोली एकैठाउँ बसेर आफ्ना कला देखाउन लागेकालेपनि निक्कै रमाईलो हुने आयोजकहरुले बताएका छन् ।
कार्यक्रमको सम्पूर्ण विवरण हेर्नुस ————–
कार्यक्रम हुने समय- दिनको १ . ३० बजे
स्थान- ५२ प्लास द तोर्सि
७५०१८, पेरिस
(52 Place de Torcy, 75018, Paris)
मेट्रो- म्याक्स् दोर्मे (Metro—–Max dormay)
बस-६५ (65)
प्रवेश शुल्क- वयस्कलाई २० यूरो, बिद्दार्थीलाई १० यूरो (परिचयपत्र देखाउनुपर्ने) र १० वर्ष मुनिकालाई निशुल्क।
यो कार्यक्रमको जानकारी अरु साथीभाईलाईपनि दिएर सहयोग गर्नुस् है ??????????? ?




