म सक्दिन होशमा जिउँनलाई !!!

-गीता थापा / ईजरायल

gita-Thapa-Israel-2021

खै के भनौं म तिमीलाई

हजारौं तृष्णा मुर्झाउँछन यहाँ बिझाई मुटुलाई

 एउटा घाईते मुटु छ,

मेरो अँधुरो सपना बोकी जिउँनलाई

त्यसैमा त मेरा बिपना बाँचेकाछन्

हरमोडमा आँशु पिउँनलाई

म सक्दिन होशमा जिउँनलाई

भो अब बेहोशिमै छोडिदेउ मलाई

शहरको भिडमा शहरले’नै रित्तो बनाईदियो मलाई

हजारौं डोबहरु खालीछन तर छैन कुनै ओखती भर्नलाई

चलेकै छ छुरा यो मुटु बिचमा बेहोशिमै रहेर पनी

कती भुलहरुले यहाँ गिज्याउँदा रहेछन्न निर्दोश हुँदाहुँदै पनि

सोचेकि थीईन यो भुल एउटा मुटुमा रहने बन्छ कथा

सम्झेकी थीईन काँडा भएर पल-पल बिझाउँने हुन्छ बेथा

जे नहुनु थियो आखिर त्यो भै’नै सक्यो

एउटा निश्चल मुटु अब नजोड्ने गरी टुटी सक्यो

म सक्दिन होशमा जिउँनलाई

भो अब बिथोल्न नआउ  मलाई

भो’अब बिहोशिमै छोडिदेउ मलाई

 म सक्दिन होशमा जिउँनलाई !!!

तपाइँको प्रतिक्रिया