अभिनय

रमेश गौतम “पाल्पाली”

Ramesh-Gautam-palpali-0231

शासक र शासित

नेतृत्व र कर्तृत्व

रङ्गमञ्च र खेलाडी

दर्शकबीचको

सामञ्जस्यता

बाँच्नुको यथार्थ

अभिनयको

एक शाखा ।

 

बाबुप्रति

छोराको विचार

सासूप्रति

बुहारीको अनुशासन

हाकिमप्रति

कारिन्दाको चाकडी

बाँच्ने लिप्साको

 अभिनय ।

 

 हिजोको कलङ्क

 आजको यथार्थ

 अभिनयले

 बाँच्न सिकाउँछ

 अभिनय नजान्ने

 भोकै मर्छ ।

 धुम्रबाराही, केदारगल्ली६०,

काठमाडौं

[email protected]

तपाइँको प्रतिक्रिया