गुरुङले राखे ईज्जत अमेरिकामा नेपालीको

prabal-gurung-and-fashion-design-in-usअमेरिका जस्तो मुलुक । नेपाल भन्दा दर्जनौं गुणा ठुलो छ । हरेक कुरामा प्रतिस्पर्धा अति हुन्छ । हत्त पत्त त्यहाँ कुनै प्रतिस्पर्धामा जितौंला भनेर चियाउन बिदेशीलाई त के त्यहिँका स्थानिय लाईपनि सजिलो छैन । स्वदेशीले छोडेको काम बिदेशीले गर्ने हो भन्ने सोच्छन् अझैपनि धेरैले । त्यस्तो ठाउँमा पनि एक नेपालीले अमेरिकि पुरस्कार हात पारेर सारा नेपालीको ईज्जत राखेका छन् । उनी हुन् प्रवल गुरुङ । अचम्म-नेपाल जस्तो मुलुकको एक नागरिकले फेशन डिजाईनमा जितेका छन् पुरस्कारपनि । अझ चाखलाग्दो-एक नेपाली पुरुषले महिलाको डिजाईनमा जितेका ।

हो उनले २५ हजार अमेरिकि डलर बराबरको पुरस्कार जितेका हुन् । उनले जितेको पुरस्कारको नाम इक्को दोमानी फेस्शन फाउण्डेशन अवार्ड हो । उनले सन् २०१० को उत्क्रिष्ठ फेशन डिजाईनकालागि पाएका हुन् ।  यो पुरस्कार पाउनेमा उनी बाहेक अन्य तिन जनापनि छ्न् । उनको यो सफलताको समचार त्यहाँको न्युयोर्क लगायतका अन्य पत्रपत्रीकामा छापिएको छ । कस्तो कस्तो डिजाईन गर्ने रहेछन् त उनले यहाँ क्लिक गरेर हेर्नुहोस् । गुरुङको फोटो फेडेरेसन अफ ईन्डेजेनस पिपुल्स अफ नेपाल ईन अमेरिकाबाट लिईएको हो

तपाइँको प्रतिक्रिया