गजल

-प्रदिप सुबेदी

pradeep-shree-myagdi-doha-qatar

बिर्सियौ कि झुक्कियौ मै तिर फर्कियौ

हाइ ! मात्रै भनेको थिएँ किन फेरी झर्कियौ …..

 

न गल्ती केही मेरो, न त केही भनेकै थिएँ

कस्ले मन चोर्‍यो खै ! अनायासै तर्कियौ …….

 

कुन तराजुले जोख्यौ कुन्नी ? जुठो हुने मेरो माया

म त सानो जात को रे !! सुनपानिले छर्कियौ ……

 

जुन बाटो आयौ तिमी उही बाटो नै फर्कियौ

 सितको थोपा मागेको हुँ असिना भै दर्कियौ ……

 

 बिर्सियौ कि झुक्कियौ मै तिर फर्कियौ

 हाइ ! मात्रै भनेको थिएँ किन फेरी झर्कियौ …..

 ज्या-६ म्याग्दी

हाल : कतार

तपाइँको प्रतिक्रिया