जाग जनता

-राम कृष्ण बर्तौला / चितवन

आज बन्द भोलि बन्द 

जता ततै हल्ला चल्यो

भुमरीमा जनता जाक्ने

नेताबिच सल्ला चल्यो

कैले पन्चे कैले कांग्रेस

एमाले र माओबादी 

फोरम अरे तराई बाट

चिहान पार्दै जनता जति

सिदार्थ ले ज्ञान बाढी

सत्तेमार्ग हिड्न भनि

कुन दशा ले बोलाएछ

कु-कर्म ले मर्न भनि

मेरी आमा अन्जान छिन

सन्तान जन्माई राम्रो ठानी

सबै सन्तान लाछी परे

हाँक्छन् सबै नेता भनि

बन्द हड्ताल उनको काम

जनता सबै घुम्रा पार्ने

आन्दोलन र बन्द गरि

एक एक गरि हजार मार्ने

सत्ता तिनको डिस्को बार

बस्ने कुर्सि मुर्दा घर

अब देश छोडी देउ

कसम खाइ उर्दी लगाउ

नाघ्न नदेउ हे जनता हो

नाग्लन तिनले भरम पारी   

सिमा भन्दा एक संघार..

 हाल- इराक (बग्दाद,  ग्रीन जोन)

[email protected]

तपाइँको प्रतिक्रिया