प्रज्वल्ललाई मोबाइलबाटै मूर्दाबाद

विश्व मजदुर दिवसका दिन फ्रान्समा भएको विशाल प्रदर्शनमा यहाँका नेपालीहरुले पनि भाग लिँदै नेपालबाट निरंकुशतन्त्रको अन्त्य हुनुपर्ने माग राखेका छन्। नेपालीहरुले फ्रान्समा आयोजना गरिने मे दिवसमा भाग लिएर नेपालको समस्यालाई उजागर गरेको यो पहिलोपटक हो। यहाँका राजतन्त्रसमर्थक नेपाली बाहेक अन्य विचार बोक्नेहरुले नेपालमा आधा प्रजातन्त्र आएको र नेपालका मजदुरहरुका साथ-साथ नेपालीहरु अझै स्वतन्त्र नभएको भन्दै यो विरोध कार्यक्रममा अत्यन्त उत्साहपूर्वक भाग लिए। यो पटकको कार्यक्रममा नेपालप्रेमी फ्रान्सेलीहरुको उल्लेख्य सहभागिता थियो। उनीहरुले फ्रान्सेली भाषामा निरंकुशतन्त्र मूर्दाबाद , मानवअधिकारको सुनिश्चित गर , गणतन्त्र नेपाल जिन्दावाद , प्रजातन्त्र अमर रहोस , नेपालमा पुलिस छन् न्याय छैन जस्ता नारा लगाएर नेपालीहरुलाई समेत नारा लगाउन उत्साहित गरेका थिए। जुलुसको अन्त्यमा सहभागी भएका नेपालीहरुले बिनामाइक नारा लगाइरहेको देखेपछि टर्कीका नागरिकहरुले आफ्नो माइक नेपालीहरुलाई दिएका थिए।
 
नेपालको वर्तमान आन्दोलनबारे प्रशस्त जानकार राख्ने यहाँका स्वदेशी तथा विदेशी नागरिकहरुले सडकका दुई छेऊ उभिएर नेपाली जुलुसको र्समथनमा ताली लगाएका थिए। यहाँको समयअनुसार दिउँसोको तीन बजे प्लास द ला रिपब्लिक भन्ने ठाउ बाट शुरु भएको उक्त जुलुस नासियों भन्ने ठाउँमा साढे चार घण्टाको हिँडाइपछि सकिएको थियो। जुलुसमा नेपालीहरुले गणतन्त्र नेपाल जिन्दावाद , निरंकुशतन्त्र मूर्दाबाद , मण्डलेलाई कारबाही गर , ज्ञानेन्द्र र पारसका मतियार होशियार , आन्दोलन जारी छ , आतंककारी कानून खारेज गर , षड्यन्त्रकारी राजदूत राजीनामा दे , शहीदको रगत आलै छ , हामी नेपालमा सा चो प्रजातन्त्र चाहन्छौं , लोकतन्त्र जिन्दावाद , जस्ता पोष्टरका साथ-साथ पिठ्यू र छातीमा विभिन्न नाराहरु टाँसेका थिए।

नेपाली लोकतान्त्रिक मञ्च फ्रान्स , नेपाली सांस्कृतिक गृह र नेप्लिज पिपल प्रोग्रेसिभ फोरम र लोकतन्त्रप्रेमी युवा समूह पेरिसको संयुक्त सहभागिता रहेको उक्त कार्यक्रमको यहा का सञ्चार माध्यमहरुले अत्यन्त उत्साहका साथ तस्वीरहरु खिच्ने र कमेन्टहरु लिने गरेर प्रचार-प्रसार गरे। कार्यक्रमको अन्त्यमा यहाको र्सवाधिका चर्चित रेडियो फ्रान्स इन्टरनेशनले समेत आफ्नो प्रत्यक्ष प्रसारणमा   महत्वपूर्ण स्थान दियो। यसैगरी यहा को र्सवाधिक लोकप्रीय टेलिभिजन फ्रान्स वानले समेत प्रमुख समाचारमा नेपालका नारा र जुलुसका समाचारहरु देखायो। नेपालीहरुलाई फुटाउन बाहेकका अरु भूमिका खेल्न नसकेका र प्रजातन्त्रप्रेमी फ्रान्सेलीहरुलाई नेपालको बेइज्जत गर्नेहरु भनेर आरोप लगाउने पेरिसस्थित नेपाली राजदूत प्रज्वलसमशेर राणालाई केही नेपालीहरुले मोबाइलबाटै राजतन्त्र विरोधी र प्रजातन्त्रर्समथक नाराहरु सुनाएका थिए। नेपालीहरुको कार्यक्रम हुँदै गर्दा दक्षिण अमेरिकाभरिका मजदुरहरुको हितका लागि कार्यरत एक साझा संस्थाका सहभागीहरुले नेपालीहरुको कार्यक्रम देख्नासाथ खुशी हुदै नेपाली झण्डा मागे। त्यसपछि उनीहरुले दक्षिण अमेरिकी मुलुकका झण्डाहरुस गै नेपाली झण्डा पनि गाडीको छतमा फहराएर हिँड्नुअघि यस्ता कार्यक्रमहरुमा सहभागी हु दा नेपाली झण्डा पनि साथै लैजाने बताए।

फ्रान्समा यो दिन प्रदर्शनगर्नलाई कुनै अनुमति लिन नपर्ने र र्सार्वजनिक यातायातहरु सबै निःशुल्क हुने तथा सरकारी रुपमै बिदा दिएर मई दिवस मनाउने चलन छ। त्यसैले यो दिन यहाँका विदेशीहरुले आफ्नो देशमा चलिरहेको मुक्ति तथा प्रजातान्त्रिक आन्दोलनका पक्षमा समेत विशाल जुलुसहरु निकाल्ने गर्छन्। आजको यहा को कार्यक्रममा श्रीलंका , भारत , र्टर्की , ट्युनिशिया , पेरु लगायतका दक्षिण अमेरिकी सबै मुलुकहरु , अल्जेरिया , इरान , इराकलगायत कयौं मुलुकका संघ-संस्थाहरुले भाग लिएर आफ्नो देशमा चलिरहेका मुक्ति आन्दोलनका पक्षमा आवाज उठाएका थिए।
 
यो जुलुसमा सहभागी हुनुभन्दा अगाडि नेपाली युवाहरुले नेपालको परिवर्तित राजनीतिक अवस्थाबारे एक छलफल आयोजना गरेका थिए। उक्त कार्यक्रममा बोल्दै नेपाली प्रोग्रेसिभ फोरमका डिल्लीराम अम्गाइले संविधानसभामा जाने संसदको निर्णय स्वागतयोग्य रहेको बताए। उनले अबको आवश्यकता नेपाली सेनालाई राजाको हातबाट खोसेर संसदको मातहतमा ल्याउनुपर्ने कुरामा जोड दिए। यसैगरी पेरिसका नेपाली इञ्जिनियर निर्मल अर्यालले अहिले नेपालमा प्रजातन्त्र आएको जस्तो आफूलाई नलागेको बताउँदै भने- ०४६ को जति प्रजातन्त्र अहिलेका नेपालीहरुले खोजेका होइनन्। ‘ ‘नेपालको सत्तामा फेरि पनि घुस्याहा र भ्रष्टाचारीहरु हावी भएको राजाले पठाएका राजदूतहरुले प्रजातन्त्र विरोधी कामहरु गरेकोबताउँदै नेपाली सांस्कृतिक अध्यक्ष हेमन्त उपाध्यायले नेपालको राजनीति डोर्‍याउने अभिभारा युवा पुस्तालाई दिनुपर्ने माग राखे। घुस्याहा तथा भ्रष्टाचारीहरुलाई तुरुन्त कारबाही गर्नुपर्ने माग राख्दै उनले विदेशका नेपालीहरु भ्रष्टाचारी सत्ताधारीकाहरुका विरुद्ध लड्न तयार हुनुपर्ने बताए।

कार्यक्रममा लोकतान्त्रिक मञ्च फ्रान्सकातर्फबाट अशोक न्यौपानेले संविधानसभाका बारेमा बोल्नुभएको थियो भने हरिहर अर्यालले देशलाई मात लागेको छ भन्ने कविता सुनाएका थिए। आन्दोलनका क्रममा घाइते भएका नेपालीहरुलाई सहयोगस्वरुप रकम संकलन गर्ने कार्य फ्रान्समा अझै जारी छ। यसै क्रममा पेरिसका नेपाली व्यापारी विनोद ओझाको सक्रियतामा दुई लाख चालीस हजारभन्दा बढी रकम संकलन भैसकेको छ। यसअघि पेरिसका प्रजातन्त्रवादी नेपालीहरुका तर्फाट रु. एक लाख १० हजार जनआन्दोलन उपचार कोषमा पठाइसकिएको छ।
अनुराधा पौडेल, साभार:  जनआस्था साप्ताहिक, बैशाख २०, २०६३

तपाइँको प्रतिक्रिया