आमा

– तिर्थ राज पाण्डेय

आमा म आज टाढा छु

किनकी मलाई पैसाको खाचो छ

मेरो लागि भगवान सँग

प्रार्थना गरि दिनु

किनकी तिम्रो विश्वाश साचो छ

आमा मेरी आमा ! 

हिजो राती सपनिमा

साच्चै तिम्रो रुप देखे

सपनी को यादमा आज

मैले तिम्रो नाम लेखे

 मेरी आमा!

म खेलेको आगनीमा

मखमली फुल्दै छ की

पिपलको चौतारी मा

कोईली पो बोल्दै छ कि

आमा मेरी आमा!

ऐसेलुका बुटाहरु

पारी वनको काफल

दुर्गा माता भगवतीलाई

गरी दिनु भाकल

आमा मेरी आमा!

हजुरको आशिर्वादको

सामना को गर्छ

मेरी आमा हुँदा हुँदै

मलाई कस्को डर छ

आमा मेरी आमा!

महाकाली – नेपाल

ईमेल [email protected]         

तपाइँको प्रतिक्रिया