नारायणहिटी भित्रको बहुमूल्य भण्डारस्थलनै गायव?
हिजो पत्रकार सम्मेलन गरेर नारायणहिटीबाट बाहिरिए ज्ञानेन्द्र। हिटी भयो सरकारी सम्पत्ती। त्यहा अब हुनुपर्ने हो नेपाल सरकारको बोलवाला। तर त्यसो हुन सकेको छैन अझै। नारायणहिटीलाई सरकारीकरण गर्ने निर्णय पश्चात सरकारले त्यहा भित्रका बहुमूल्य वस्तु र सम्पूर्ण सामाग्रिको अध्ययनका लागि एक समिति बनाएको थियो। समितिले नरायणहिटीभित्रै कार्यालय समेत खोलेर काम शुरु त गर्यो। तर एक उच्च स्रोतका अनुसार अहिलेसम्म उनीहरुले खासै केहिपनि उपलब्धि हासिल गर्न सकेका भने छैनन। त्यहा भित्र केहिपनि नभएर चाहि पटक्कै होइन। दरबारिया कर्मचारी र नेपाली सेनाले असहयोग गरेकाले हो। समितिलाई श्रीपेच र दण्डबाहेक सरकारले अन्य थुप्रै बहुमूल्य बस्तु भएको सङ्केत दिदै तिनको खोजि गर्न खटाएको रहेछ। ति वस्तुहरु के कहा छन भनेर पत्ता लगाउन दरबारभित्र मानिसहरुको सहयोग चाहिन्छ। तर गणतन्त्र घोषणा गरेपनि नारायणहिटीभित्र भने अझै दरबारिय कर्मचारी र त्यहा खटिएका सेनाको बोलवाला चल्ने गरेको छ। उनीहरु त्यहा खोजि गर्दा पटक पटक सैनिक औपचारिकतालाई मानेर जान बाध्य बनाइएका छन। चाहेको ठाउमा जान खोज्दा अवरोध स्रिजना गर्ने गरिएको छ।
त्यहा त्यस्ता बहुमूल्य सामाग्रि राख्ने शाही भण्डार नै छ। समितिले अहिलेसम्म त्यो भण्डारनै फेला पार्न सकेको छैन र त्यो अहिलेसम्म गायवनै छ। त्यहाका कर्मचारिहरुले समितिलाई त्यसका बारेमा जानकारि दिएका छैनन। थुप्रै ठाउमा सहजै अनुमति दिइएको छैन प्रवेशका लागि। अझैपनि पूर्व राजाको कक्ष लगायत अन्य केहि कोठहरुमा प्रवेश गर्न दिइएको छैन। खोजिका क्रममा हतोत्साहित गर्ने गरिएको समितिका सदस्यहरुले बताउने गरेका छन। हुन त अब ज्ञानेन्द्र निस्किएपछि त्यहा भित्रको प्रवेश समितिलाई सहज हुन सक्छ बिस्तारै। तर उनीहरुले त्यसरि असहयोग गर्नुको कारण त्यहा अझै थुप्रै बहुमुल्य चिज भएकोलेनै होला। ति चिजहरु लुकाउन नभ्याएकाले हुनुपर्छ उनीहरुले त्यसरि रोक लागाएको। यदि समितिले चनाखो भएर काम गर्न सकेन भने त्यहा भित्रका बहुमुल्य चिज अब केहि दिन भित्रैमा गायव पार्न सक्छन।