केटीसित हिँड्दै गर्दा “लिटील बुद्द” झ्याप्पै
नाटक बिभिन्न थरीका हुन्छन्। योपनि एउटा नाटकै हो । भगवान गौतम बुद्दले झैं ध्यान बसेको भनेर चार बर्षदेखि ध्यान बसेका वारा जिल्लाका तपस्वी रामबहादुर बम्जनलाई केटीसित लुकेर हिँडेको अवस्थामा प्रहरीले झ्याप समातेको छ । गौतम बुद्दले झैं उनले गत चार वर्षदेखि तपस्या गर्दै आएका थिए। यसबिचमा पटक पटक गायव हुने र पटक पटक देखापर्ने गरेका थिए उनी । उनको ध्यान र चालचलन केहि विवादास्पद देखिएपनि उनका श्रदालु र समर्थक लाखौं थिए नै । तर उनलाई अहिले प्रहरीले पूर्व पश्चिम राजमार्गको पथलैया निचगढको वनमा फेला पारेछ केटीसित हिँडिरहेको अवस्थामा ।
निराहार तपस्यामा बसेका भनिएका रामबहादुर बम्जनलाई प्रहरीले सोमबार राती ९ बजे पक्रेको रहेछ । त्यति राती किन हिँडे यूवतीसित बम्जन ? कसैलाई केहि खबर नगरि राती यूवतीसित हिँडेकालेपनि उनप्रति थप शंका उब्जिएको हो । नचिनिने हुनलाई रहेछ कि कुन्नी उनले सेतो च्यादर, र रातो गम्छ ओडेका रहेछन् । सेतो पाईजामा लगाएर हवाई चप्पल पड्काउँदै हिँडेको अवस्थामा प्रहरीले उनलाई झ्याप्प समातेको रहेछ ।
वनमा राती राती केटीलाई अघिपछि लगाएर उनी किन हिँडे ? तपस्या स्थल बदल्न त पक्कै होइन होला सहयोगिका रुपमा उनलाई लिएर हिँडेको । शंका किनपनि छ भने अघिल्लो महिना उनी गढिमाई मेलामा हुने पशु हिंसा रोक्न जाने सार्वजनिक गरिएको थियो । तर प्रचार गरिए अनुसार उनी त्यहाँ गएनन् । बरु त्यहि बेला देखि बेपत्ता भएका थिए । उनको उपस्थिति बारे त्यसबेला देखि कहिँ कसैलाई जानकारी थिएन । कि मेला लाई बेवास्ता गर्दै उनी त्यहि बेलादेखि केटीसित भुलेका थिए ? गढिमाइ मेलामा जाने भनेर त्यहि बेलादेखि दम्पट रहनु र अहिले राती राती जंगलमा केटीसित फेला पर्नुले उनको तपस्यामाथि शंका उब्जिएको छ ।




