अँधेरीको रातमा (गजल)
-अर्जुन दुङ्मेन्, / बगदाद, इराक
अँधेरीको रातमा जुन हौकी तिमी,
कोईलाको खातमा, चुन हौकी तिमी !
भित्र-भित्रै बजी दिन्छ सुर र ताल,
दिलमा सधैं बज्ने, धुन हौकी तिमी !
जिन्दगी नै लाग्छ मोती जडित मेरो,
चम्की दिने गहना, सुन हौकी तिमी !
तिम्रो प्रितीको राप कती मुलायम,
न्यानो अनी नरम, उन हौकी तिमी !
छाम्दा मलाई पाउँछु तिमीलाई नै,
नशा-नशा बहने, खुन हौकी तिमी !
(अनुरोध-गित, गजल, कविताको नेपालप्लसमा चाङ लागेको छ । त्यसैले सन्दर्भ पुरानो नहुने बाहेकका रचना प्रकाशित हुन लामै समय लाग्न सक्छ । त्यसैको कारणले नेपालप्लसलाई पठाएका कविता अन्यत्र पठाउँदै हुनुहुन्छ भने नेपालप्लसलाई अग्रिम जानकारि दिनुहुन अनुरोध छ-नेपाप्लस डट कम) ।





