तिन पार्टीको भित्र भित्रै सहमती ?
कति लेख्ने है नकारात्मक समाचारपनि ? कति गाली गर्ने हाम्रा नेतालाई ? कहिलेकाहिँ त यस्सो प्रशंसा गर्नपनि पाइयोस न । हाम्रा नेताको उति भर त छैन नै तरपनि अहिले भने एउटा सकारात्मक खबर आएको छ । संबिधान बनाउने समय घर्किन्छ कि भन्ने त्रास चौतर्फी फैलिएका बेला नेकपा (एमाले), एकिक्रित नेकपा (माओवादी) र नेपाली कांग्रेस तिन मुख्य पार्टीबिच एक सहमती । त्यो सहमती संबिधान बनाउने विषयमा भएको हो ।
पछिल्लो समयमा नेपाली कांग्रेसका सभापती गिरिजाप्रसाद कोइरालाले आफ्नो खस्कँदो स्वास्थ्य स्थितिका कारणले बढि सक्रियता देखाएको बताइएको छ । कथंकदाचित बेलैमा संबिधान नबने जिवनको अन्तिम बिसाउनीका बेला गणतन्त्र मात्रै होइन देशनै असफल पारेको अपजस बोक्नु पर्ला भन्ने चिन्ताले पनि कोइरालाले बढि सक्रियता देखाएको बताइन्छ । त्यसैले उनले संबिधान बेलैमा बनाउनकालागि आफ्ना विश्वास पात्र भतिज शेखर कोइरालामार्फत माओवादी नेता प्रचण्ड र बाबुराम भट्टराईलाई सम्पर्क गर्न अह्राएका रहेछन्।
अनि राष्ट्रपती काण्डमा सर्प पनि मरोस्, लठ्ठीपनि नभाँचियोस् भनेझैं माओवादीपनि झुक्न नपर्ने र अन्य दललाईपनि झुक्न नपर्ने साझा सहमतीको बाटो फेला पारेछन् । त्यो हो-राष्ट्रपतीको कार्य क्षेत्रका बारेमा रहेका अस्पष्ठतालाई ब्याख्या गरेर भविष्यकालागि सजिलो र स्पष्ठसित ब्याख्या गर्ने । अनि प्रधान सेनापती प्रकरणमा जे भएपनि त्यसमा दुख मनाउ गर्ने र अब देखि त्यसो हुन नदिने बचनबद्दता जाहेर गर्ने । अर्थात सरकारको निर्णयलाई सेनापतीले उल्लंघन गर्न नसक्ने र राष्ट्रपतीले पूर्णरुपमा संबिधानको संरक्षकको भूमिका मात्रै खेल्ने।
सकभर सबै पार्टीलाई सम्मिलित गराउने, नसके प्रमुख पार्टीहरु बसेर एउटा साझा संकल्प बनाउने र त्यसैले सबै खाले राजनितिक अप्ठ्याराहरुको समाधान गर्ने । उनीहरुले तिन दलको एक कार्यसमिती बनाएर त्यसले एउटा ड्राफ्ट बनाउने सहमती गरेका छन् । त्यसपछि पार्टीमा छलफल गरेर सहमतीलाई पूर्णता दिईनेछ । यहि कुरो पनि कति बिदेशीका कानमा पुग्छन् पहिले । अनि बिदेशीका कुरा सुनेर बुर्लुक्क हुँदै उफ्रिने र अनेक बखेडा नझिक्ने हो भने सायद अब चहैँ एउटा गतिलो सहमती बन्छ कि संबिधान बनाउनकालागि ?




