गणतन्त्र आयो

 -दिपक “वफिल”

गणतन्त्र आयो, शान्ति छायो भन्छन
आजपनि पत्रिकामा रगतको सिहाई छापिएको देख्छु
नेपाली जनता मरेकै सुन्छु
गणतन्त्र आयो, शान्ति छायो भन्छन।।

शहिदहरुको छातीमा पाउ राखि
सरकारसम्म पुगेका छन छबीहरु
कुर्सीका लागि लडिरहेछन नया नेपालका भारीहरु
गणतन्त्र आयो, शान्ति छायो भन्छन।।

गणतन्त्र आयो कुर्सी मात्रै बढेछ
शहिद भए रगत मात्रै बगेछ
राजतन्त्र हट्यो भन्छन
नाम मात्रको गणतन्त्र आएछ ।।

तपाइँको प्रतिक्रिया