धेरै भयो गाउँघर छोडेको

-गीता थापा (दोषी) / ईजरायल 

 gita-Thapa-Israel-2021

धेरै भयो गाउँघर छोडेको कतै बिरानो पो भयो कि

 कि अझै म हिंडेको गोरेटोले मलाई नै कुर्दै पो छ कि

 

 बुढो भै’सकेको वर र पिपलुको पनि कतै साथ छुट्यो कि

 धेरै भयो सपना देखेको छुइँन सङ्गीले’नि भूलिदिए कि

 

 म कहाँ भूल्न सक्छु, यादमा डुब्छु, एकान्त भेट्छु काहीँ

 जहाँ म पुगे पनि मेरो नेपालको माया सँगै हुन्छ त्यहीं

 

 जहाँ जन्मेर म खेलेर हुंर्के तिनै पहराछहरा छाँगासँग

 आज कसरी नसम्झी रहूँ म अटुट नाता मेरो तिनै सँग

 

 वा खाउँ म मिठो र मसिनो चम्चा र काँटा हर्दम साथमा

 हिजोको साग अनि सिस्नो याद आउँछ, झल्झली आँखामा

तपाइँको प्रतिक्रिया