ए साथी

-इश्वर दाहालकविजी

रंगी बिरंगी दर्जनौं भेंडाहरु

संयमतालाई चुनौति दिँदै

जबरजस्ती करेसाबारीमा पसेर

गिद्धले सिनो लुछे झैं अस्मिता लुछिरहेछन्

ए साथी तिमीले पनि देख्यौ ?

गोठाला दाइले

भेडा हेर्न कुकुर पालेको थिए

उफ त्यो त बिकाउ पो रहेछ

भ्याँ भ्याँ र भुँ भुँ मा भुलिँदै

पुच्छर उचालेर बुर्कुसी मार्ने

भेडीहरुको सस्तो जवानीमा रमाइरहेछ

यो रासलिलाको मेरुदण्ड बन्दै

लाज शरम पचाएर, बिना संकोच

पालो कुरेर बसिरहेछ

ए साथी तिमीले पनि देख्यौ ?

गोठाला दाइले सोचेका थिए

भेडाहरुबाट सुन्दर भविष्य कोर्नेछु

रौंबाट राडिपाखी बनाउँछु

सिङबाट गहना सजाउँला

दुधबाट चिज निकाल्ने छु

अफसोच,

रौं पनि पलाएन

सिङ् पनि उम्रीएनन

अनि

आजिवन थाराको थारै

थुप्रिएको अर्थर्हीन भेडाको मासु

आज उनलाई बोझ भएको छ

कहाँ लगेर फालुन ? विचराले

समाज दूर्गन्धित हुनसक्छ

क्षतविक्षत बारीको डिलमा बसेर

धुरुधुरु रोइरहेछन

ए साथी तिमीले पनि देख्यौ ?

भेडाहरुको अत्यचारले

गोठाला दाइको बसोबास खतरामा छ

अपनत्वको रक्षाको लागि

समातेर खोरमा हाल्नै पर्छ

कुकुरलाई साङ्ली कस्नै पर्छ

आफ्नो अधिकारको प्रयोग गरी

बारीमा सुन्दर फुल फुलाउँदै

सपना साकार पार्न

उनी बुख्याँचा देखाएर अघि बढिरहेछन

म लौरो बोकेर जाँदैछु

ए साथी तिमी भाला लिएर आऊ,

ए साथी तिमी भाला लिएर आऊ ।।

नागरिक सर्बोच्चताकालागि साहित्यिक आन्दोलन

थाक्ले , ओखलढुंगा

हाल- दोहा, कतार

 [email protected]

तपाइँको प्रतिक्रिया