नेपाल आमाको लागी लडौं हामी
-बि.जे. बान्तवा “पराईमान्छे”
अब त बिहानी हुने बेला भयो,
सबै उठ जाग दाजुभाई-दिदीबहिनी,
कम्मर कस्ने बेला भयो ।
पुर्वबाट सूर्यले रोशनी छर्दै निक्ल्यो,
उठ जाग यो देशका सपुतहरु
हाम्रा पुर्खाहरु नालापानी टिष्टा
काँगडा र तिब्बत सम्म पुगेथे रे ।
आज हामीपनि पुर्खाहरुको सम्मान गरौं ।
छेउछाऊमा बैरीको चलखेल शुरु भयो रे,
पुर्खाको रगत र मासुले बनेको
जन्मभुमीको रक्षा गर्ने बेला भयो रे,
त्यसैले उठजाग नेपाली आमाका
बीर सन्तानहरु, हामी कमजोर छैनौ ।
हाम्रा पुर्खाले छाडेका खुँडा, तरवार र
तिखा भाला चम्काउने बेला भयो ।
सिमानाको रक्षार्थ बैरीको शिर छेदन
गर्ने बेला भयो ।
उठजाग दिदीबहिनी-दाजुभाई
यो देशको रक्षार्थ लडौ हामी
देशको रक्षा गर्दागर्दै मर्नु परे मरौ हामी
हाम्रो एउटा सिंगो घरको रक्षा गरौ हामी।
नत्र हाम्री आमाको श्राप लाग्ने छ
हामी हामी हुनुको कुनै औचित्य रहने छैन।
हामी हाम्रो मान र प्रतिष्ठाको लागी लडौं हामी
हाम्रो नेपाल आमाको लागी मर्न परे मरौं हामी
सिमानामा बड्दै गरेको अचाक्लीलाई रोकौं हामी
अचाक्ली गर्नेको शिर छेदन गरौं,
नेपालआमाको लागी हामी लडौं,
हाम्रो ईज्जत र प्रतिष्ठाको लागी लडौं
यो देशको रक्षार्थ मर्नु परे मरौं हामी ।
ठुलोदुम्मा-९, भामलबस्ती
कोशी / नेपाल ।




