गजल
-नेपोलियन मरहट्टा
कहाँ बन्छ देश ? नेता कंश भएपछी
शताब्दी नै लाग्दो रैछ बिध्वंश भएपछी ।
भिखारीको भेष भित्र शिकारीको रुप,
कस्ले बुझ्ने ब्वाँसोरुपी हंस भएपछी ।
युग बितिसक्यो तर सुध्रिएनन् नेता
के लाग्छ र ? राक्षसको बंश भएपछी ।
प्रधानमन्त्री कोषको पैसा सकिने नै भयो ,
ढुकुटी नै त्यस्को बाउको अंश भएपछी ।





