पारस र प्रचण्ड एकै दिन सिंगापुरतिर
सरकार परिवर्तनकालागि प्रचण्ड र कोइरालाबिच सिंगापुरमा छलफल !
आफ्ना जिजु बाजेले एकिकरण गरेर एक बनाएको राज्य नेपाल । आफ्ना पूर्खले सिर्जेको राज्यको आफुलाई राजा हुनबाट बञ्चित गराउने नेकपा माओवादी पार्टी । त्यसको अध्यक्ष प्रचण्ड । पारस शाहलाई तिनै प्रचण्ड सित भन्दा बढि रिस को सित होला ? प्रचण्डको हावा र छायाँ देख्दापनि सिंगै निलौं झैं नहोला पारसलाई ? त्यहि मान्छेको अनुहार हेर्दै अघि पछि लाएर हिँड्नु पर्दा पारसलाई खपिसक्नु होला ? तर के गर्ने ? आज त्यस्तै संयोग परेको छ । पारसका सायद तिनै एक नंवर शत्रु एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र पारसको साईत एकै दिन एउटै विमानस्थल विमानस्थलबाट बिदेशको यात्रा । आज प्रचण्ड र पारस एकै दिन सिंगापुर तिर उड्दै छन् ।
प्रचण्ड पार्टीका बिदेश बिभाग प्रमुख क्रिष्णबहादुर महरालाई लिएर आज सिंगापुर जान लागेका हुन् । उनीहरु थाई एयरको ३१९ नंबर विमानबाट बैंकक हुँदै जान लागेका छन् भने उता पारस चाहिं सिल्क एयरको विमानबाट । एकै दिन सिंगापुर जान लागेपनि पारस र प्रचण्डबिच कुनै छलफल भने नहुने माओवादी स्रोत उल्लेख गर्छ ।
बरु प्रचण्ड किन जान लागे होलान् सिङापुर ? उनीहरु नेपाली कांग्रेसका सभापती गिरिजा प्रसाद कोइरालालाई भेट्न जान लागेका हुन् । त्यहाँ कोइराला सित उच्च स्तरको राजनितिक छलफल हुने छ । कोइराला र प्रचण्डबिच त्यहाँ संसद सुचारु हुन दिने, ढिला सुस्ति भैरहेको सेना संयोजन, संबिधान निर्माण र राष्ट्रपतीको कदम सच्याउनु पर्ने तथा राष्ट्रिय सरकार निर्माण लगायतका माओवादी मागका बारेमा छलफल हुने बताइएको छ । यो भेटपछि माधवकुमार नेपालको प्रधानमन्त्रीत्वमा रहेको सरकार भंग गरेर अर्को सरकार निर्माण हुने संभावना रहेको स्रोतहरुको दाबी पनि छ । कोइरालाले त्यसमा सकारात्मक संकेत गरेकोपनि बताइएको छ ।




