उपप्रधानमन्त्री आँखा मिच्दै रातीनै सिंहदरबार

profile_bijay_kumar_gachhadarसरकारले जतिसुकै सुरक्षा व्यवस्था कडा छ । सारा नेपालीलाई सुरक्षा र अमन छैन छ भनेपनि के गर्नु ? मन्त्री, उपप्रधानमन्त्री जस्तालाई त तोकेको समयमा सुरक्षाकर्मीले प्रमुख प्रशासकीय थलोमा पुर्याउन नसके अरु कसलाई सक्लान ? कुनै हालतमा छिरिन्छ भनेपनि आजपनि मन्त्रीहरुनै सिंहदरबार छिर्न सकेनन । १० हजार सुरक्षाकर्मी हुँदा हुँदैपनि । अरु फास्टे फ़ुस्टे मन्त्री त के उप प्रधानमन्त्री बिजयकुमार गच्छदार नै सिंहदरबार छिर्न नसकिने भयले राती पाँचै बजे छिरेछन आँखा मिच्दै ।

 हिजो राखिएको मन्त्री परिषदको बैठक बस्न सकेको थिएन मन्त्रीहरु छिर्न नसकेपछि । आज जसरिपनि छिरिन्छ भनेको भनिएको थियो । त्यसकालागि सुरक्षा व्यवस्था थप कडा पारिन्छ भनिएको हो । पारियो पनि । तर कर्मचारी त के उपप्रधानमन्त्री गच्छादारनै राती पाँचै बजे सिंहदरबार छिरेका थिए । सात लाख माओवादीले सिंहदरबार घेराउ गरे १० लाख स्थानीय जनता उचालेर माओवादीलाई घेराउ गर्छौं भन्दै भाषण दिने पनि यिनै हुन् । माओवादीलाई घेराउ गर्न त परै जाओस बिचरा आफैं आफ्नो कार्यकक्षमा राती आँखा मिच्दै जानु पर्र्यो । अनि मन्त्रीनै सिंहदरबार छिर्न नसक्ने बिचरा कर्मचारीहरुलाई किन नछिरी हुन्न भनेर उर्दी दिईएको होला ?

 हिजो भएको झडप । आज माओवादी आन्दोलनको अन्तिम दिन । मन्त्रीहरुलाई भित्र जान रोकेर न माओवादीले झ्यापझुप कुर्सी ओगट्ने हुन् कि भन्ने डरपनि  सायद  । त्यसैले गर्दापनि होला सायद आज सुरक्षा व्यवस्था झन कडा पारिएछ । तर माओवादीहरु भने झन शान्त भएर नाचागान गर्दै हिजो झैं आठै नाकामा घेराउ गरेर बसिरहेका छन् । आज सम्मको कार्य्रक्रम त शान्तिपूर्ण नै भयो । अब दोस्रो चरणको कार्यक्रम यो भन्दा पक्कै कडा हुने होला । कस्तो ल्याउलान त माओवादीले दोस्रो चरणको कार्यक्रम   ?

तपाइँको प्रतिक्रिया