राष्ट्रपतीका हातबाट एकतन्त्रीय शासन ?

president-rambaran-yadav-nepalअन्तरिम संविधानले राष्ट्रपतीलाई कहिँ कतै कार्यकारी अधिकार दिएको थिएन । तरपनि संविधानको रक्षाक भनेर लेखिएकै आधारमा सरकारले बर्खास्त गरेका सेना प्रमुखलाई उनले पुनर्बहाली गरेर संबिधान उल्लङ्घन गरे । हुनत माओवादीलेपनि एक तर्फी रुपमा निर्णय गराएको हो राष्ट्रपतीलाई उछिनेर । यति बेला त्यति धेरै अड्कलबाजी भएनन खुला रुपमा । यद्दपी माओवादीले राष्ट्रपती मार्फत एकदलीय शासन लागू गर्न खोजिएको भनेर नभनेका होइनन । अहिले निकै पछी त्यसको खसो खास हेउ खुल्यो-साँच्चै राष्ट्रपतीलाई निरङ्कुश बनाएर अन्तरिम संबिधान नास गर्ने । संबिधान भंग गर्ने । एकदलीय शासन लागू गर्ने। शान्ति सम्झौतालाई धोती लगाएर छोड्ने । अनि देशमा रगतको भेल बगाउने ।

 रात रहे अग्राख पलाउँ छ भने झैं अन्तरिम संबिधान बनाएपछि लामो समय सम्म दलहरुले गणतान्त्रिक संबिधान बनाउन ध्यान दिएनन । सेना संयोजनलाई उत्तिकै राखे । राज्य पूनर्संरचना कुरामै रहे । अनि नेपाललाई रक्तभूमिमा परिणत गराएर स्वार्थ पूरा गराउन चाहने स्वदेशी बिदेशी सबै तत्व सक्रिय हुन थाले । अहिले राष्ट्रपतीलाई सक्रिय गराएर संबिधान उल्लंघन गराउंदै हाम्रा सबै प्रजातान्त्रिक अधिकार खोसेर एक दलीय शासन ल्याउन खोजिएको सार्वजनिक भएको छ ।

 एमालेका उपाध्यक्ष अशोक राईले नेपाली कांग्रेसले संबिधान सभा भंग गरेर राष्ट्रपतीलाई प्रमुख बनाउंदै एक दलीय शासन गर्ने प्रस्ताब राखेको रहस्य खोलेका छन् हिजो नयाँ पाटीका दैनिक मार्फत । एमालेका शक्तिशाली नेताबाट आएको यो भनाई पक्कै फितलो छैन । किनभने अशोक राई यसैपनि राजनीतिक अडान, परिपक्क र बिचारमा स्पष्ठ व्यक्तिका रुपमा चिनिन्छन । अर्को कुरा लामो समयदेखि नेपाली कांग्रेसले विभिन्न चाख, आरोप, बहाना र बखेडा झिकेर संबिधान निर्माण, स्वायत्त राज्य, राज्य पुनर्संरचना, सेना संयोजन, क्रान्तिकारी भूमि सुधार गर्न किन आनाकानी गरिरहेको रहेछ भन्ने रहस्यको उद्घाटनपनि भएको छ । यसका रहस्य र अझ कति षड्यन्त्र छन् अझै उद्घाटित हुँदै जानेछन भविष्यमा ।

 अशोक राईले नेपाली कांग्रेसको त्यहि जनघाती प्रस्ताबमा एमालेकै केहि प्रतिक्रियावादी नेताको पनि सहमती र आड रहेको खुलासा गरेका छन् । यसले देशलाई अनिश्चय, भूमरी, युद्द र भयङ्कर खाडलमा जाक्न खोज्ने तत्वहरु सक्रिय छन् भन्ने स्पष्ठ पारेको छ ।

 जनताको ठूलो शक्ति, चाख, क्रान्तिकारी परिवर्तनको चाहनाले मात्रै देशबाट राजतन्त्र पाखा लागेको हो । त्यो परिवर्तन देशको आम संरचना परिवर्तन गर्ने आकांक्षाको प्रतिबिम्ब पनि हो । फगत नेपाली कांग्रेस, माओवादी, एमाले वा अर्को कुनै शक्तिलाई सत्ताको कुर्सी सुम्पन मात्रै होइन । यदि त्यो चाहनालाई बुटले कुल्चेर कसैले एकतन्त्रिय शासनको सपना देख्छ भने   उसको हालतपनी जनताले राजतन्त्रको जस्तै बनाइदिने छन् ।

 अहिलेका जनताको प्रजातान्त्रिक अधिकार खोसेर फेरी एक दलीय शासनको चक्करमा बाँच्न जनता तयार हुने छैनन् । बरु कुनैपनि स्वदेशी वा बिदेशी तत्व किन नहुन त्यस्ता कुनैपनि तत्वलाई रछ्यानमा मिल्काउँछन् । जनआन्दोलनको बलमा रछ्यानमा मिल्किने कि प्रजातान्त्रिक परिवर्तनका पक्षमा उभिएर जनताको मनमा बस्ने छनौट एकतन्त्रीय शासनको  पक्षका नेता र पार्टीकै ।

तलका संबन्धित रिपोर्ट हेर्नुस

संबिधान सभा भंग गरि  राष्ट्रपती शासन लगाउन कांग्रेसको प्रस्ताब

गृह युद्द लड्नै पर्थ्यो अहिलेनै लड्छौ-कांग्रेस नेता पौडेल

तपाइँको प्रतिक्रिया