सेना सतर्क, शान्तिसंझौता भंग भयो रे

हैन यो राँको भनेपछि त सबै तर्सिने रहेछन क्यारे ! अस्ति माओवादीले राँके जुलुस बालेपछि सरकारपनि निकै तर्से जस्तो छ । आज बाट त सरकार नै लौ माओवादीले लैजान्छन झैं गरेर सेनालाईपनी उच्च सतर्कमा रहन निर्देशन दिएको छ । माओवादीको राँके जुलुस र स्थानीय निकाय घेराउ गर्ने आन्दोलन लगत्तै आज मंत्री परिषद्को बैठक बसेको थियो । त्यसमा प्रहरी निकायलाई मात्रै बोलाएर पुग्ने हो । किनकि अहिले सेना परिचालन भएकै छैन । तर सरकार प्रहरी परिचालनले मात्रै अब पुग्दैन भन्नेमा पुगेछ क्यारे । आज भएको मंत्री परिषद्को बैठकमा नेपाली सेनालाईपनी बोलाएर सरकारले सेना परिचालन हुन सक्ने संकेत गरेको छ  । अनि सरकारका प्रवक्ता सूचना तथा संचार मंत्री शंकर पोखरेलले माओवादीको आन्दोलनले सरकार र माओवादीबिच भएको शान्ति संझौता भंग भएको घोषणा गरेका छन्  ।

 वास्तबमा अस्ति राँके जुलुस र हिजो स्थानीय निकाय घेराउको जुन आन्दोलन थियो माओवादीको त्यसमा स्थानीय मानिसहरुको अपेक्षा गरेभन्दा धेरै सहभागिता देखिएछ । त्यसले गर्दा पनि सरकार अलि आत्तिए जस्तो देखिन्छ । अर्कोतिर माओवादीले राँके जुलुस र स्थानीय निकाय घेराउ गरेपनि त्यसले अहिलेसम्म स्थानीय शान्ति सुरक्षालाई खलबलमै पारेको थिएन । शान्तिपूर्ण रुपमा बिरोध गर्न पाउने प्राजातान्त्रिक पद्दती भित्रै थियो हिजो सम्मको आन्दोलन भान्नुपर्छ । तर किन हो सरकारले बिगतमा नेपाली सेनाको दमनलाई बिर्सिएर अहिलेनै सेना परिचालन हुन सक्ने संकेत दिएको छ । अनि अनावश्यक रुपमा अहिलेनै सेनालाई मन्त्री परीषदको बैठकमै बोलाएर थप चलखेल गर्ने वातावरण बनाउंदै छ ।

 अनि सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्रीलेनै माओवादीको अहिलेको आन्दोलनले बिगतमा सरकार र माओवादीबिच भएको बृहद शान्तिवार्ता भंग भएको घोषणा गरेर शान्तिवार्ता भंग गर्न सरकारनै आतुर रहेको छनक दिएका छन् । यदि त्यसो होइन भने बिगतमापनि सबै दलले मशाल जुलुस बाल्ने र स्थानीय निकाय घेराउ जस्ता बिरोधका कार्यक्रम गरेकै हुन् । अहिले माओवादीले स्थानीय शान्ति सुरक्षालाई खलबल नगरी तिनै बिरोधका कार्यक्रम गर्दा कसरि प्रजातान्त्रीक पद्दती बिरुद्द भयो ? कसरि त्यसले शान्ति सम्झौता भंग गर्र्यो ? आफुले गर्दा सबै ठिक, सबै प्राजान्त्रिक र अरुले त्यहि गर्दा सबै बेठिक, सधैं गैह्र प्राजातान्त्रीक हुने रहेछ कि ?

 जे भएपनि आज मन्त्री परीषदको बैठकले सेनालाई पनि उच्च सतर्कमा रहन जुन निर्देशन दिएको छ त्यसले पक्कैपनि राम्रो संकेत गरेको छैन । सरकारले कुनैपनि बेला सेना माओवादी बिरुद्द सेना परिचालन गर्न सक्ने संकेत गरेको छ । यो घटनाले शान्तिपूर्ण आन्दोलन गरिरहेका माओवादीलाई भिन्न खालको आन्दोलन प्रोत्साहित गर्ने छ । सरकारले शान्तिवार्ता भंग गरेर आफुहरुलाई दमन गर्न खोजेको भन्दै माओवादीहरुलाई थप उत्तेजित बनाउने छ । झन सशंकित पार्ने छ । देश झन मुठा भेडतर्फ़ उन्मुख हुने छ ।

तपाइँको प्रतिक्रिया