नगरपालीका कार्यालय माओवादी कब्जामा

सरकारले जति सुकै दमन गर्छु भनेपनि सायद नगरेर, नसकेर हो कि के हो, आज आन्दोलनको दोस्रो दिन नै माओवादीले आफैले घोषणाबिरुद्द सिंगो नगरपालीकानै कब्जामा लिए । माओवादीले सार्वजनिक गरेको आन्दोलनको व्रिस्त्रित विवरणमा स्थानीय निकायहरु ठप्प पार्ने, घेराउ गर्ने उल्लेख भएपनि सिंगे स्थानीय निकायनै कब्जा गर्ने चाहिं कतै उल्लेख थिएन । माओवादीका कार्यकर्ताहरुले आज धनकुटा नगरापालीका कब्जा गरेका छन् जुन उनीहरुले घोषणा गरेको कार्यक्रम तालिका बिरुद्द हो ।

 आज नगरपालीका घेराउ गर्न पुगेका माओवादी कार्यकर्ताहरुले नगरपालीका कार्यालय कब्जा गरेर नगरप्रमुख सहित सबै पदाधिकारीहरु आफ्नै पार्टीको घोषणा गरेका छन् । उनीहरुले नगरपालीकाको ताला चाबी सबै कब्जा गरेर अब देखि आफ्नै पार्टीले घोषणा गरेका जनप्रतिनिधीहरुले नगरपालीकाको काम कारवाही संचालन गर्ने घोषणा गरेका थिए  ।

तपाइँको प्रतिक्रिया