किन आए माओवादी राँके जुलुसमा यात्रा मान्छे ?

Nepali-Maoisst-Raake-julus-ktm-1

हिजो माओवादीले आयोजना गरेको राँके जुलुसमा सोचेभन्दा बढी मानिसले सहभागिता जनाएको देखियो । सरकारले स्थानीय मानिसको समर्थन छैन माओवादी आन्दोलनमा भनेको थियो । उता एमाले र नेपाली कांग्रेसलेपनि त्यसै भनेका थिए । तर हिजो साँझ माओवादीले उपत्यकाका विभिन्न ठाउँबाट एकैसाथ शुरु गरेको मशाल जुलुसमा हजारौं मानिस सहभागी भएको देखियो ।

 भन्न त माओवादीले यो राँके जुलुसमा ५० हजार मानिस सहभागी भए भनेर दाबी गरेका छन् । काठमाडौ उपत्यकामा ईतिहासमै सबैभन्दा ठूलो मशाल जुलुस हो भनेर पनि ठोकुवा गरेका छन् । ठोकुवा जसले जसरि गरेपनि मशाल जुलुसमा मानिसचाहीं हजारौं सहभागी भएछन ।  सरकारले माओवादी आन्दोलनको लोकप्रियता छैन जनतामा भनिरहेका बेला राती राती मशाल बाल्न किन आए होलान यात्रा मान्छे ?

 Nepali-Maoisst-Raake-julus-ktm-2

वास्तबमा सरकार र एमाले अनि नेपाली कांग्रेसले जे भनेपनि माओवादीको अझैपनि लोकप्रियता बढी रहेछ । उपत्यकामा हजारौं मानिस यसरि राँके जुलुस लिएर नत्र कोहि ओर्लंदैनाथियो माओवादीका मागमा समर्थन जनाउंदै । हुन त जनताको त्यो सहभागितालाई माओवादी लोकप्रियातासंग गाँसेर मात्रैपनी हेर्न नमिल्ला । यसलाई सरकार प्रतिको अविश्वास र बिरोधका रुपमापनि बुझ्न सकिएला नै । किनभने अहिलेको सरकारको पटक्कै विश्वास छैन जनतालाई ।

 प्रजातन्त्रमा जनताको मतको कदर कुनैपनि हालतमा हुनुपर्छ । तर अहिलेको सरकारमा अरु त के प्रधानमन्त्रीनै जनताले अविश्वास गरेका छन् । अन्य शक्तिशाली मन्त्रालयपनि त्यस्तै जनताले लत्याएकाले चलाएर जनताको उपहास गरेका छन् । त्यसैले यो सरकारप्रति जनताको पटक्कै विश्वास छैन नै । त्यहि जनताको अविश्वासको कारण पनि हो यसरि जनता सडकमा ओर्लिनु । र यो राँके जुलुसले माओवादीका आगामी कार्यक्रमलाई झन बल मिल्ने संकेत देखिएको छ । माओवादीले ७५ वटै जिल्लामा आयोजना गरेको राँके जुलुसमा उपत्यका बाहेक अन्यत्रपनि निकै सहभागिता रहेछ । (दुवै तस्बिर कृष्णसेन अनलाईनबाट लिईएका हुन्)

तपाइँको प्रतिक्रिया