सात समुद्र पारीबाट नेपाली मेडियाको विश्लेषण

                 ‘प्रचण्ड’ नाम किन लिन छोड्यो कान्तिपुरले ?

 Johanna-Buss-Professor-Asian-Study-Viennaप्रसङ्ग आगामी पुस्तक लेखनकै शिलशिलाको हो । नेपाललाई नजिकबाट हेर्ने, बुझ्ने, चासो र चाख राख्ने यूरोपेलीहरुको खोजि गर्दै थिएँ । भियना जाने निधो भयो । तर त्यस्ता मानिसको संपर्क थिएन । त्यहाँका बिद्दार्थी बहिनीहरुसंग सम्पर्क गरियो । तरपनि पत्तो नलागेपछि एन आर एन हंगेरीका अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई सुनाएँ समस्या । उनले तुरुन्तै एन आर एनको सम्पर्क भएका सबै साथीभाईलाई मेल पठाए । हुँदा हुँदै सम्पर्क भयो रेडियो टेलिभिजन पत्रकार अलका चुडालजीसित । उनले सम्पर्क गराई दिईन जोहाना बुस सित ।

उनी रहिछिन भियना विश्व बिद्दालयमा नेपाल मामिलामा विशेषज्ञकारुपमा चिनिएकी । उनको मूल पेशा त्यहाँ प्राध्यापन गराउने । दिउँसो दुई बजे अन्तर्वार्ताका लागि पुग्नुपर्ने थियो । मेट्रोबाट के कसरि पुग्ने सबै सोधेर पुगें भियना विश्वबिद्दालय । अन्तर्वार्ता शुरु गरें । उनले नेपालको सांस्कृतिक पक्षको अनुसन्धान गरेकी रहिछिन । अझ त्यसमापनि गरुड्पुराणबारे । गत दुई वर्षदेखि फेरी नेपालका मेडियाहरूबारे अर्को अध्ययन शुरु गरेकी । उनले गरेका अध्ययनका सबै पक्षबारे मैले यहाँ उल्लेख गर्ने कुरा भएन पुस्तककालागी भएकाले । उनले अध्ययन गर्दै गरेका पक्षबारे मेडियाको पाटो चाखलाग्दो लाग्यो । अध्ययनका क्रममा सामान्य नेपाली भाषापनि बोल्न सक्ने भएकी रहिछन उनी ।  त्यसले पनि उनलाई नेपालमा अध्ययन अनुसन्धान गर्न सजिलो बनाउने भैहाल्यो ।

 मेडिया संबन्धि अध्ययन भनेपछि सोधखोज गरें । उनले एउटा चाखलाग्दो प्रसङ्ग सुनाईन-कान्तिपुर दैनिकले आजकाल  एकिकृत नेकपा (माओवादी) का अध्यक्षलाई प्रचण्ड भनेर लेख्न छोडेको रहेछ । त्यसमा त मेरोपनि ध्यान गएको रहेनछ ।

 माओवादीहरु भूमिगत हुँदा पत्रकारलाई बोलाई बोलाई लुकाई लुकाई लैजान्थे । अनेक जिल्लामा कुनाकानी र कान्ला कान्ली लुकाउँदै र छिपाउँदै पुर्र्याउँथे जिल्ला जिल्लाका आम सभा र अधिवेशन हलहरुमा । सैन्य ईन्चार्ज र नेतालाई लुकाउँदै भेटाएर अन्तर्वार्ता र समाचार छपाउँथे । पत्रकारलाई कार्यक्रममा बोल्न लगाउँथे जनवादी गीत र संगीतमा छमछमी नचाउँथे । फूल माला र अबिरले रंगाएर फुरुङग बनाएर ल्याउँथे । पत्रपत्रीकाले पनि मजाले छाप्थे तिनका कुरा । माओवादी त्यसैगरी स्थापित भए । संगठन बलियो बनाए । कान्तिपुरलेपनि निकै छाप्यो माओवादीका गतिबिधि । एक किसिमको होडबाजीनै चल्थ्यो पत्रपत्रीकाबिच माओवादीका खबर छाप्न ।

 तर जब माओवादीहरु खुला रुपमा आए अनि आलोचना गर्न थाले पत्रपत्रिकाले । सतहमा आएपछि माओवादीका गल्ति कमजोरी खुट्याउन र छुट्याउन पनि सायद पत्रपत्रिकालाई सजिलो भयो । माओवादीका आलोचना छापिन थाले । झन माओवादी निर्वाचनमै होमिने भयो तब झन आलोचना आउनु स्वाभाविक भयो ।

 हुँदा हुँदा माओवादी र कान्तिपुर दैनिकको टकरावनै पर्र्यो । मजदूरहरुले धर्ना दिए तलब बृद्दि, सुबिधा थप, अधिकार, मजदूर यूनियन गठन लगायतका माग राखेर माओवादी मजदूरहरुले (माओवादीहरुले भने उनीहरु माओवादी समर्थक होइनन, बिसुद्द मजदूर हुन् भने गरेका थिए)  हड्ताल र कान्तिपुर दैनिकको कार्यालयमा धर्ना दिए । कान्तिपुरलाई मजदूरका निकै माग पूरा गराउन बाध्य पारियो । माओवादीले कान्तिपुरका पत्रकार भन्नासाथ जिल्ला जिल्लामा दुख दिने । कान्तिपुरले पाएसम्म माओवादीलाई पेल्ने समाचारबाट । अनि माओवादी र कान्तिपुरको संबन्ध चिसियो । दुबैले एक अर्कालाई पेलानको नीति लिए ।

 नेपाली मेडियाको अध्ययन गर्दै रहेकी जोहाना बुस माओवादीले कान्तिपुरलाई पेल्न थालेदेखि कान्तिपुरलेपनी प्रचण्ड लेख्न छाडेको बताउँछिन । त्यो भन्दा अगाडी कान्तिपुरले प्रचण्ड लेख्ने गरेको रहेछ । किन लेख्न छाड्यो त प्रचण्ड ? कान्तिपुरलाई पेल्ने, दुख दिने, कान्तिपुरका पत्रकारलाई सकेसम्म लखेट्ने गर्न थालेपछि कान्तिपुर दैनिकलाई पनि रिस उठेर प्रचण्ड लेख्न छाडेको भनेर हाँस्दै सुनाईन उनले ।

 १० वर्ष पहिले कान्तिपुरले माओवादी पक्ष लिएको देखिन्थ्यो । तर खासगरि प्रचण्ड प्रधानमन्त्री भएपछी भने माओवादीले कान्तिपुरलाई पेल्न थालेपछि कान्तिपुरलेपनी पेलेर जाने र प्रचण्ड लेख्न छोडेको आफ्नो मूल्यांकन सुनाईन । तर पहिले अन्य पत्रपत्रिकाले भने कि त पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा पुष्पकमल दाहाल मात्रै लेख्थे रे । त्यो बेला कान्तिपुरले प्रचण्ड लेख्ने रहेछ अहिले भने माओवादीसित संबन्ध बिग्रिएपछी कान्तिपुरले प्रचण्ड लेख्न छोड्नु र अरुले लेखिराख्नु यो निकै चाख लाग्दो अध्ययन भएको उनको अनुभव रहेछ ।

 नेपाली मेडियाको अध्ययन भएपनि भए भरका सबै मेडियाको अध्ययन पक्कै सजिलो हुन्न । त्यसैले उनले मुलत छ वटा राष्ट्रिय दैनिकलाई मूल आधार बनाएकी रहिछिन कान्तिपुर र काठमान्डु पोस्ट दैनिक । अन्नपूर्ण पोस्ट र द हिमालय टाईम्स । अनि गोरखापत्र र द राईजिंग नेपाल । यी छ वटा छान्नुको कारण के रहेछ भने कान्तिपुर निजि क्षेत्रबाट स्थापित मेडिया । अन्नपूर्ण पोस्ट र द हिमालय टाईम्स भारतीय लगानीको र गोरखापत्र र राईजिंग नेपाल चाहिं सरकारी मुखपत्र भएकाले । यी तिन भिन्न लगानीकर्ताबाट निस्कनेले कुन कुन समाचारलाई के कसरि प्राथमिकता दिन्छन भनेर मोल्यांकन गर्ने रहिछिन उनले ।

 प्रिन्ट मेडिया मात्रै लिनुको कारण भने एक त नेपालमा लोड सेडिंग हुने भएकाले रेडियो र टिभीको अध्ययन गर्न मुस्किल पर्ने । आफु भियना बस्ने भएकाले सुन्न नपाइने हुनालेपानी रहेछ । जति धेरै मेडिया लियो उति धेरै भार पर्ने कारणपनि हुँदो हो पक्कै । ति पत्रपत्रीकामा पनि उनले अल्पसंख्यक जाती,  लैंगिक समानता र संबिधान सभा संबन्धि विषयलाई विश्लेषण  गर्ने रहिछिन । उनको अनुभवमा पहिले पहिले पत्रपत्रीकाले समाचारलाई मात्रै प्राथमिकता दिने गरेकोमा पछिल्लो समयमा बहस र छलफल, ति विषयमा विश्लेषण, गहिरा बहस गर्न थालेको उनको मूल्यांकन रहेछ । अहिले प्रिष्ठ थप्ने र परिशिसटान्क थप्ने होड पनि चलेको रहेछ ।   त्यसैगरी नयाँ नेपाल बारेको बहस पनि निकै चलाउने गरेको उनले बताईन । नेपाली  पत्रपत्रीकाको विकास निकै भैरहेको पनि उनले पाएकी रहिछिन । 

 उनले पारस शाह नेपाल फर्केर राजनीतिमा आउन खोजेको प्रसंगलाई निकै रोचक पाराले सुनाईन । कुनै एउटा पत्रीकाले (सायद त्यो अन्नपूर्ण पोष्ट होला ) “म राजनीतिमा आउन चाहन्छु” भनेर लेखेछ । अनि त्यहि प्रसंगमा “राजा चाहिन्छ” भनेरपनि लेखेछ । तर अर्को पत्रीकाले त्यसैलाई “पारस निर्वाचनमा आउन चाहन्छन” भनेर शिर्षक बनाएछ । “शिर्षक हेरेरै   कुन पत्रिकाको चाख के हो बुझ्न सकिन्छ” भनिन उनले । अनि मैले सोधे-के अष्ट्रियाका पत्रपत्रिकाले यसरि आफ्नो स्वार्थ अनुसार समाचार खेलाउँदैनन र ?  अष्ट्रियाली पत्रकार र पत्रिकापनी कम्ति रहेनछन । भनिन-विश्वमा कुनैपनि कहिपनि मेडिया पूर्ण रुपमा निष्पक्ष हुँदैन, छैन” ।

तपाइँको प्रतिक्रिया