एन आर एन ए फ्रान्सका महासचिव शाहीद्वारा पूर्व यूवा संयोजक पौडेललाई ज्यान मार्ने धम्की

एन आर एन ए फ्रान्सका वर्तमान महासाचिव नरेन्द्र शाहीले निवर्तमान यूवा संयोजक नितेश पौडेलमाथि कुटपिट र हत्यासमेत गरिदिने धम्की दिएका छन् । फ्रान्सको मूलाँ भन्ने ठाउँमा एक नेपालीको रेस्टुरेन्टमा पुगेका बेला संस्थापन पक्षका करिब दश ब्यक्तिकै सामुन्ने कुटपिट र ज्यान मारिदिने धम्कि दिएको पिडित पौडेलले नेपालप्लसलाई बताए ।

एन आर एन ए फ्रान्समा भएका आर्थिक अनिमितता, कार्य सञ्चालनमाथि भएको बाहिरिया ब्यक्तिको दबाब र हस्तक्षेपका बिरुद्द उनले असहमति जनाउँदै केहि महिना अघि राजिनामा दिएका थिए । त्यसपछि उनले एन आर एन ए फ्रान्सभित्र भएका ति अनियमितता र हस्तक्षेपका बिरुद्द सामाजिक सञ्जालमा अभिब्यक्ति दिँदै आएका थिए । पछिल्लो समयमा उनले गत बिहिबार नेपालप्लस डटकमकाई एक अन्तर्वाता दिँदै ति विषयहरुको पर्दाफास गरिदिएका थिए । उनले यसरि एन आर एन ए फ्रान्सभित्रका बेथितिका बारेमा बोलेपछि पचाउन नसकेर ज्यान मार्ने सम्मको धम्की दिएको नितेश पौडेलले बताए । हेर्नुस् उनीसितको अडियो कुराकानीको संक्षेप………

घटना कसरि के भयो स्पष्ठ बताइदिनुहुन्छ कि ?

म साथीहरुसित बसिरहेको थिएँ मूलाँको नेपाली रेस्टुरेन्टमा । त्यहि क्रममा साथीहरुले सुनाउनु भयो ‘वर्तमान महासचिव र हाल अध्यक्षका उम्मेदवार नरेन्द्र शाहीले तपाईलाई भौतिक कारवाही गर्ने भन्नु भएको छ’ । मैले त्यति ठूलो रुपमा लिईन । तर कामबाट फर्किँदा मेरो त्यहाँ चस्मा छुटेकाले लिन गएको थिएँ । अहिले संस्थापन पक्षबाट अध्यक्ष पदको उम्मेदवार बन्नुभएका र वर्तमान कार्य समितिका महासचिव समेत रहनुभएका शाही लगायत उहाँहरु दश जनाजति त्यहाँ पुग्नुभएको रहेछ । उहाँहरुसित भेट भएपछि मैले नरेन्द्र शाहीलाई भनें ‘दाई तपाईको र मेरोबिचमा ब्यक्तिगत दुस्मनी त केहि थिएन । तर यस्तो कुटपिट गर्ने कुरा गर्नुभएछ । अरुले त्यत्तिकै भनेकापनि हुन सक्छन् । के हो ? सत्य हो या होइन ?’ भनेर सोध्दा उहाँले मलाई ‘कुटपिट मात्रै होइन ज्याननै मार्दिन सक्छु’ भन्नुभयो । त्यसपछि केहिबेर बादबिबाद पर्यो ।

आठ दश जनाकै अगाडि त्यस्तो धम्कि दिनुभएको ?

हो, उहाँहरु सबैको अगाडि भन्नुभएको हो ।

बाँकि उपस्थितहरुले त्यसो भन्नुहुन्न भनेर शाहीलाई भन्नुभएन ?

कसैले केहि बोल्नुभएन । किनकि उहाँहरु नरेन्द्र शाहीकै पक्षका उम्मेदवारहरु हुनुहुन्थ्यो ।

आफ्नो पक्षको हो भन्दैमा फ्रान्समा बसेर तपाइलाई काटिदिन्छु भन्दापनि कसैले केहि नबोलेको ?

कसैले केहिपनि बोल्नुभएन ।

त्यसपछि के भयो ?

उहाँहरु आफ्नो चुनाव प्रचारमा लाग्नुभयो ।  मूलाँमा भएका साथीहरु कागजीरुपमा भूटानी मूलका भएकोले कसरि भोट दिन मिल्छ र भन्ने कुरो गरें । त्यसमापनि केहिबेर चर्काचर्की भयो । उहाँ अलि गुण्डागर्दीको शैलीमा प्रस्तुत हुनुभयो । उहाँ ‘मेरो अगाडि तिमी कोहिपनि हैन, भुरामसिना हो’ भन्ने धम्कीपूर्ण पाराले प्रस्तुत हुनुभयो । त्यतिखेर अध्यक्ष येकेन्द्र मल्ल र राजु खप्तडी बस्नेत भने गाडीभित्र बसिसकेका थिए । त्यति धम्की दिएर आफ्नो बाटो लाग्नुभयो ।

फ्रान्समा कसैलाईपनि काटमार गर्छु, कुटपिट गर्छु भनेर धम्की दिन मिल्दैन भन्ने थाह थिएन र ?

उहाँलाई त्यति जानकारि भएको जस्तो लागेन ।

यो घटनापछि आफू असुरक्षित महसुस गर्नुभएको छ की ?

मैले असुरक्षित अहसुस गर्नेनै भएँ नी । किनकि मपनि भोली निर्वाचनस्थलमा त जान्छु । त्यस्तो धम्की दिएपछि उहाँनै संलग्न नभएपनि अरुबाट आक्रमण हुन सक्ने भएकाले बाटोमै हिँड्नपनि त असुरक्षा हुने भयो ।

तपाईले फ्रान्सको सुरक्षा निकायसित सुरक्षापनि त माग्न मिल्छ नी, घटना बताउनुभयो भने सुनेका ब्यक्तिहरुलाई बोलाएर सुरक्षा निकायले सत्यतथ्य बुझ्नपनि सक्छ । त्यो सोच्नु भएको छैन ?

अहिलेसम्म केहि सोचेको छैन । भोलीसम्ममा केहि गर्नुपर्छ कि भनेर सोच्दै छु ।

विहिबार नितेश पौडेलले नेपालप्लसलाई दिएको अन्तर्वार्ता हेर्नुस्

तपाइँको प्रतिक्रिया