तिम्रो यादमा

विद्या सापकोटा

 It's Me Bidhya[1]

तिम्रो यादमा डुब्दा डुब्दै, हररात टर्छन यहाँ

 चाहनामा तिमी तिमी, सारा डाह गर्छन् यहाँ ।।

 

 तिमी साँच्चै कति राम्रा, मोहनी मै मर्छन् यहाँ

 तिमी हाँस्दां, माछीहरु आफैं जालमा पर्छन् यहाँ ।।

 

 तिम्ले हुन्छ मात्र भने, धेरै लगन सर्छन यहाँ

 तिम्रो साथको कति आशा, दिनरातै हर्छन् यहाँ ।।

 

 मदहोशी नबन्देउ न, अझै कति मर्छन् यहाँ

 तिमी मेरो भयौ र पो, संसार डाह गर्छन् यहाँ ।।

 [email protected]

 हालः शंकरदेव कलेज, काठमाडौं

तपाइँको प्रतिक्रिया