साले ६०१ समलिंगीहरु
-नेपोलियन मरहट्टा
सालेहरुको मुख
खाए पनि रातै छ,
नखाए पनि रातै छ ।
दशैं तिहारमा तास खेलेर
टाट पल्टेका छन् सालेहरु ।
रक्सि धोकेर
खल्ती रित्तेको होला सालेहरुको ।
बेश्यावृत्तिको
कुलतमा फँसेका छन् सालेहरू ।
खर्च धान्न नसकेर
श्रीमतीको नाक कान समेत
लुटे होलान् सालेहरुले ।
दशैं तिहार पछी त
पैसा सक्किएर
जोक्कर फाल्टु भएका छन् सालेहरु ।
अब,
पैसाको खाँचो छ सालेहरुलाई ।
हिसाब किताब मिलाउनु छ
त्यो भोगबिलाशको ।
हेर्दै जानुस् अब…
छिट्टै नै सम्झौता हुँदै छ,
चाडै नै हात मिलाउदै छन् सालेहरुले ।
अंगालो हल्नेछन् एक अर्कालाई
मुख – मुख जोडेर जताततै
चुम्बन गर्नेछन् सालेहरू ।
मौकामा हीरा फोर्न खप्पिस छन् सालेहरु ।
तलब निकास गर्न
एक अर्काको मुखमैथुन पनि
नगर्लान् भन्न सकिन्न ।
पैसाकोलागी जे पनि गर्छन्
साले ६०१ समलिंगीहरु ।





