१९ हजार जनसेना र ६०१ सभासदको तलब एकै चोटी रोक्का !
हाम्रा सभासदहरुको संख्या ६०१ छ । हुनत यिनको काम देशको बजेट सक्ने हो । देशलाई झन भार थप्ने काम । केहि गर्छन भनौं भने संबिधान सभाको निर्वाचन भएको यतिका समय भयो न संबिधान बन्ने संकेत छ । न त यिनले कुनै रचनात्मक काम नै गरेका छन् । काम गरेपनि नगरेपनि मासिक तलब भने यिनले लिन छोडेका छैनन् । तर अब भने यी संगै झन्डै १९ हजार माओवादी जनसेनाको खल्ती सुख्खा हुने भएको छ अर्को महिनाबाट ।
त्यो कारण के भने माओवादीले लगातार नागरिक सर्बोच्चता कायम गर्ने भन्दै संसद चल्न दिएको छैन । प्रधानसेनापती नियुक्त गर्दा राष्ट्रपतीले असंबैधानिक काम गरेकाले त्यसलाई संसदमा सम्बोधन गर्न दिनुपर्ने र त्यो कदम सच्याउनु पर्ने माग गर्दै आएको छ । माओवादीले त्यो माग पूरा नभएसम्म उसले संसद चल्न नदिने अडान लिएर संसद अवरुद्द गरेकाले यो अवस्था आएको हो । संसद नचलेकाले बजेट पास हुन नसक्ने र त्यसो हुँदा सभासद र माओवादी जनसेनाको तलब पनि निकासा नहुने भएको हो । तलब अर्को महिनाबाटै बन्द हुने छ यदि संसद चल्न पाएन भने ।
सभासद हरुले तलब नपाउँदा त भैगो अरु पार्टीका पनि निकै छन् । तर १९ हजार माओवादी जनसेनाले पाउँदै आएको तलब नपाउँदा के हुने होला ? जनसेनाले के खाने हुन् ? माओवादीले के गर्ने हुन् जनसेनाले तलाबनै नपाउँदा ? बजेट घोषणा हुन नपाएर त्यत्रा जनसेना र राष्ट्रिय ढुकुटी चप्काउनका लागि मात्रै संसद जाने गरेका सभासद्को भार राष्ट्रले बोक्नु नपरे त ठुलै फाइदा हुने हो राष्ट्रलाई । तर बिदा बस्दा र बिरामिनै नहुँदापनि किर्ते गरि गरि बल मिलाएर संसदमा पेश गर्ने सभासदहरुले अहिले लिन नपाएपनि आफ्नै तलब त झन के छोड्लान र ?




