“नमस्कार छ”

आँशु पिएर बिताएको थिएँ जिन्दगी

तिम्रो मायाले हाँसो ल्यायो

तिम्रो मायामा यति डुबेको यिएँ

आफनो पनि विरानो भयो

आज माया रह्यो आफनो   

तिम्रो माया बुझ्न नसक्नु

मेरो ठुलो भुल भयो

जिन्दगीमा केही नरहे पछि

बल्ल मेरो आँखा खुल्यो ।। 

मेरो मायामा रमाउने मेरी मायालु

केही दिनको विछोडमै

मेरो लागि पराई भयो

मेरो लागि संसार त्याग दिन्छु भन्ने मायालु

आज मलाई त्याग्न तयार भयो   

मेरो चोखो माया आज

उसलाई सराप भयो

केही समयको पतिक्षा

उसलाई हरो भयो ।। 

खै कसलाई सुनाउँ

यो मनको वेदना

अन्जान शहरमा

यो प्रेमीको वेहाल भयो ।  

संसार धेरै सानो

घुमीफिरी भेटने योग

यही मोडमा भेटे मायालाई

मेरा दुई हात जोडी नमस्कार ।। 

दिपक वफिल

तपाइँको प्रतिक्रिया