गजल

-नेपोलियन मरहट्टा, चितवन

भित्र तिमी कठोर छौ, बाहिर आसुँ चुहाए’नी,

तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नी ।

संसार सारा जिते पनि, सक्ने छैनौ मलाई जित्न,

पर्ने छैन तिम्रो जालमा मिठो मिठो खुवाए’नी ।

तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नी ।

आगो लगाइ सल्काउ या खाल्टो खनि गाडिदेऊ,

तर पाप कुहिदैन हजार बर्ष कुहाए’नी ।

तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नी ।

तिम्रो लागि मेरो मनको, घर बन्द भयो अब,

ढोका मैले खोल्ने छैन अँग अँग छुवाए’नी ।

तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नी ।

अमुल्य छ मेरो जिबन, केको कमी छ र म मा ?

तिमी मलाई सुहाउन्नौ, म तिमीलाई सुहाए’नी ।

तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नी ।

जस्तोलाई त्यस्तै गर्न, मैले पनि जानेको छु,

कत्तीपनी दु:खी हुन्न, तिम्रो गर्भ तुहाए’नी ।

तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नी ।

तपाइँको प्रतिक्रिया