गजल
-नेपोलियन मरहट्टा, चितवन
भित्र तिमी कठोर छौ, बाहिर आसुँ चुहाए’नी,
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नी ।
संसार सारा जिते पनि, सक्ने छैनौ मलाई जित्न,
पर्ने छैन तिम्रो जालमा मिठो मिठो खुवाए’नी ।
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नी ।
आगो लगाइ सल्काउ या खाल्टो खनि गाडिदेऊ,
तर पाप कुहिदैन हजार बर्ष कुहाए’नी ।
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नी ।
तिम्रो लागि मेरो मनको, घर बन्द भयो अब,
ढोका मैले खोल्ने छैन अँग अँग छुवाए’नी ।
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नी ।
अमुल्य छ मेरो जिबन, केको कमी छ र म मा ?
तिमी मलाई सुहाउन्नौ, म तिमीलाई सुहाए’नी ।
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नी ।
जस्तोलाई त्यस्तै गर्न, मैले पनि जानेको छु,
कत्तीपनी दु:खी हुन्न, तिम्रो गर्भ तुहाए’नी ।
तिम्लाई चोखो मन्दिन म सातै गंगा नुहाए’नी ।





