गजल

-नेपोलियन मरहट्टा      

nepolian-marahatta-chitwan11

युद्ध हुन्छ दिन-दिन रातै पिच्छे युद्ध हुन्छ,

हेर्दै जाउ देशमा अब, छाकै पिच्छे युद्ध हुन्छ ।

 

जो सँग छ टन्न पैसा त्यही मात्रै बाँच्न सक्छन्,

धनी गरीब भन्ने एउटा, नातै पिच्छे युद्ध  हुन्छ ।

 

कही कतै भेट्ने छैनौ ‘शान्ति’ भन्ने शब्दलाई,

युद्ध हुन्छ फूल-फूल, पातै पिच्छे युद्ध हुन्छ ।

 

मन खोली तिमी पनि कसै सँग नबोल है ?

बोल्नै हुन्न आजभोलि, बातै पिच्छे युद्ध हुन्छ ।

 

भुल गर्‍यो ईश्वरले मान्छेलाई बनाएर,

मान्छे भन्ने किन त्यस्को ? जातै पिच्छे युद्ध हुन्छ  ।

[email protected]

तपाइँको प्रतिक्रिया