कमजोर छैनन् नारी

-गीता थापा (दोषी)/ईजरायल

 p3110015111

नारी-नारी परि आए देशको शासन चलाउन नि सक्छन् नारी

 पारखी हुन् नारी सृजनाका विरुवा फुलाउँन नि सक्छन् नारी

 हौ, हामी एक रथका दुई पाङग्रा नारी-पुरुष बराबरी

 नारीलाई’नी सामेल गराऊ नदेखेर कमजोरी

 युगौंदेखि पीडाभित्र गुम्सिएर आए नारी

 अन्धविश्वाशले जरा गाडेको अशिक्षाले पर पारेको

 अज्ञानको आँखाले प्रगतीको मुहानबाट नारीलाई तल झारेको

  अब कुनै शक्तिमा पछि छैनन नारी

 चेतनाको जग-हाली शिक्षाको दियो-बाली

 पछि होईन अघि बढि आफ्नो हक लिन सक्छन नारी

 परी आए देशको अभिभारा समाल्न’नी सक्छन् नारी       

 हौ, हामी एक रंथका दुई पाङग्रा नारी-पुरुष बराबरी

तपाइँको प्रतिक्रिया