के हो यस्तो माओवादीको दोहोरो नीति ?

अहिले अबैधानिक सरकार, अबैधानिक प्रधानमंत्री भन्दै एकीकृत माओवादीका कार्यकर्ताहरुले प्रधानमन्त्री, मंत्री र राष्ट्रपतीलाई कालो झण्डा देखाइरहेका छन् । ति जहाँ जान्छन कालो झण्डाले स्वागत गरिन्छन । मंत्री र राष्ट्रपती हिंड्ने बाटाघाटा बन्द गरिन्छ । कि ढुंगामुढा तेर्स्याइन्छ । नारा जुलुस गरेर कायल पार्छन । तर कार्यकर्तालाई जे गर्न भन्छन तिनका नेता चाहिं ठ्याक्कै त्यसको बिपरित गरिरहेका छन् । अर्थात कार्यकर्तालाई जसका बिरुद्द कालो झण्डा देखाउन भनिएको छ उसैलाई लुकी लुकी भेट्ने । एकीकृत माओवादीका उपनेता नारायणकाजी श्रेष्ठले अस्ति साँझ त्यसै गरेर द्वैध चरित्र देखाए ।

 नयाँ संबिधान बनाउने विषयमा जटिलताहरु थपिंदै जाँदा अस्ति साँझ एकीकृत माओवादीका उपनेता श्रेष्ठ र प्रधानमन्त्रीको भेट भएको थियो । उनीहरुबिच काठमाडौको द्वारिकाज होटेलमा भेटघाट भएको हो । भेटघाट गोप्य रुपमा भएको थियो । भेटघाट के का लागि भएको हो ? र के विषयमा छलफल भएको थियो भन्ने सबै गोप्य राखिएको छ । तर संसदीय गतिरोधलाई हटाउन,  नयाँ संबिधान बनाउन र राष्ट्रिय सरकार बनाएर एमाले र माओवादी मिलेर जान श्रेष्ठले जोड दिएको बुझिएको छ ।

 उनले जे सुकै विषयमा छलफल गरुन । देशको समस्या हल गर्ने विषयमा भएका छलफल स्वागत योग्य हुन् । तर उता कार्यकर्तालाई चाहिं मंत्री, प्रधानमन्त्री र राष्ट्रपतीका कार्यक्रम बहिस्कार गर्न लगाउने । नारा जुलुस गरेर हैरान गर भन्ने । कालो झण्डा देखाएर तिरस्कार गर भन्ने । तिनलाई बिरोध गर्ने नाममा मारमुंग्री गर्दै बाटो बन्द गराएर सर्वसाधारणलाई समेत दुख दिने । अनि त्यहि पार्टीका नेताचाहिं पांच तारे होटेलमा प्रधानमंत्रीसित लुकी लुकी गोप्य वार्ता गर्ने ? के यो दैध चरित्र भएन ?

उता हिजै राष्ट्रपती डा रामबरण यादवले भारत भ्रमण गरेर फर्किएका सूर्यबहादुर थापासित तिन घण्टा लामो वार्तालाप गरेका छन् । भारतीय सन्देश के छ ? भारतीय नेताहरुले के मन्त्र पठाएका छन्, त्यसैलाई सुनाउन र सुन्नकालागी भनेर निमन्त्रणा गरिएको अड्कल काटिएको छ । त्यो भेटघाट अस्ति साँझ नै राष्ट्रपतीले डिनरकालागि भनेर बोलाएका थिए ।

तपाइँको प्रतिक्रिया