बोकियो भारी

-दिलिप योन्जन/अमेरिका

 dilipa-yonjon-usa-667711

बोकियो भारी जिन्दगी भरी, उकाली देउराली

 सम्झिँदा पनि झर्दछ आँशु, सुखको चौतारी

 सबैको देख्छु हाँसो खुसी, मै रहेछु अभागी

 बिताउँदैछु दुखिया जिबन, आँशुले पखाली

 चुहियो छानो छैन मानो,  मुसा कराउने

 आङको लुगा आङैमा फाट्दा, मान्छे रमाउने

 दुखिको दुख कस्ले देख्ने, भगवान मूर्तीको

 ब्यथा र पीडा जिन्दगी रैछ, अभागी खपरको

 धर्म गरूँ जातै सानो,  दिंदैन ढोग्नलाई

 मागेरै बित्यो सकिएन अधिकार, खोसेर लिनलाई

तपाइँको प्रतिक्रिया