जती चुम्यो
-दिलिप योन्जन, अस्टिन (अमेरिका)
जती चुम्यो उती मिठो, पिपल पाते ओंठ
तिम्रै यादले सताई रहने, कस्तो लाग्यो रोग !
जति हेर्यो उती राम्री, चन्चले तिनको रुप
मन मन्दिरमा बसी दिए, बाली दिन्थे धुप
मिठो बोली गाजालु आखा, मनै चस्स छुने
हाँसी हाँसी बोल्छे जब, मोहनी नै लाऊँछे !
फुलै पनि फिका लाग्छ, किन२ तिन्लाई देख्दा
एक्लो जिबन अधुरो भाछ, तिमी साथ नहुँदा
गोधुलीमा तिम्रो रुप प्रिया, लाग्छ जस्तै जुन
जति सुन्यो झनै मिठो, मायामा पिरतीको धुन !





