मनाऔँ दिपावली !!
-अनुकुल प्रकाश
मन-मैलो सारा हटाई, मनाऔँ दिपावली !
सद्’भावको ज्योत जलाई, मनाऔँ दिपावली !!
आहा!अनुपम सुन्दर कस्तो,फूलको वहार हेर !
स्वागत गरौँ रमाई-रमाई, मनाऔँ दिपावली !!
हिमाल-पहाड तराई-मधेश,उ ल्लासमा झुमोस् !
सब-मिली प्रेम-गीत गाई, मनाऔँ दिपावली !!
वैरी गरून अथाह डाह, एकतामा हाम्रो !
मन-भित्र माटो सजाई, मनाऔँ दिपावली !!
संस्कृतिलाई जोगाइ राख्न देउशी-भैली खेली !
दाजु-वहिनी दिदी-भाई, मनाऔँ दिपावली !!
“शुभ-दिपावली” ! !





