प्रचण्डलाई पछ्याऊंदै गुप्तचर सहितको टोली चीनतिर किन ?

नेपालको राजनीति कतै न कतै नढल्कि चल्दै चल्दैन ? नेताहरुले त्यस्तै देखाऊँछन् । भन्नलाई असंलग्न नीति भन्छन । तर ति आफैं कि भारत कि चीनतिर ढल्कन्छन । एक थरी भारत गए अर्का थरी चीनततिर । कोहि अलिबढी चिन तिर गयो भने उमाथि चिनिया खेमाको र भारत गए भारतीय खेमाको भनेर आरोप लाग्छ । हुनत नेताहरुले पनि त्यस्तै व्यवहार देखाऊँछन् अनि आरोप नलागोस किन ? जुन देश पुग्यो त्यहि देशको गुण गान गाउने । आफु जाँदा केहि हुन्न । तर अर्को पार्टीको गयो भने त्यस्तो आरोप लगाइहाल्छन । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड माथि अब फेरी के आरोप लाग्ने हो ।

किनभने उनी आजै चीनतिर हिंडेकाछन् । उनलाई पछ्याएझै गरेर आजै सुरक्षा अधिकारीहरुको टोली चिनतिरै हानिएको छ । प्रचण्ड र ति सुरक्षा अधिकारीहरु एउटै उडानमा छन् । उनीहरु ल्हासा र छेन्ग्दु हुँदै जानेछन । गृह राज्य मन्त्रीले टोलीको नेतृत्व गरेका छन् । टोलीमा गुप्तचर विभागका प्रमुख अशोकदेव भट्ट, एआइजी मोती गुरुङ, डिएसपी सुमन महरा, सहसचिव जय मुकुन्द खनाल र उपसचिव एक मनी नेपाल छन् । भ्रमण किन र के का लागि हो भनेर सरकारी पक्षबाट स्पष्ठ पारिएको छैन । नत प्रचण्डलेनै आफ्नो भ्रमण बारे स्पष्ठ पारेका छन् ।

तपाइँको प्रतिक्रिया