एकता समाज लिएर जुर्मुराए पेरिसका यूवा
१८ अक्टोवरमा विशेष कार्यक्रम
नेपालका मेंन पावर कंपनी र दलालहरुले “फ्रान्स छिरेको दिन देखि जागिर। लाख लाख कमिन्छ त्यहाँ । गएको पैसा उठाउन त वर्ष दिनै लाग्दैन” । यस्तै सुनाउंदै पैसा असुल्छन नेपाली यूवासिता । अनि अनेक देश घुमाउन्दै आश्वासनका पोका बाँडेर यहाँ ल्याएर रित्तो हात छोडिदिन्छन । तर फ्रान्समा तिनको को हुन्छ ? न भाषा आऊँछ । न हातमा पैसा छ । न कानून बुझेका हुन्छन । अनि न जागिर । न बस्ने बास । न सहयोग गर्ने हात । केहि पाऊदैनन । अनि तिनको काम झोक्राएर बस्ने हो । फर्कौ घर खेत बेचेर बाख्रा पाठा पन्छाएर आएको ऋण कसरि तिर्ने भन्ने पिरले सताउन्छ । बसु जागिर त के बास न गासको ठेगान हुन्छ ।
नेपाल र नेपालीलाई सहयोग गर्ने भनेर तिन दर्जन बह्न्दा बढी संस्था गठना भएका छन् पेरिसमा । तर यहाँ दुख पाएकालाई सहयोग गर्ने, कम्तिमा यहाँको कानुन र चलन बुझाइदिने, कागजपत्रको अनुवाद गरिदिनेसम्म सहयोग हत्त पट्ट मिल्दैन । यहाँ सबै मेसो मिलाएकाहरुको एक त फूर्सद हुन्न । अर्को दुख पाएकाहरुलाई सकभर सहयोग गर्नेहरु हुँदैनन । अनि तिनले के गर्ने ? हो त्यस्तै दुख पाएकाहरुलाई जे जस्तो सकिन्छ सके सहयोग गर्ने । सान्त्वना दिने । दुख सुख बाँड्ने मूल उद्देश्य राखेर नेपाली यूवाहरुले नेपाली एकता समाज गठन गरेका छन् । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमश: तप्त भण्डारी (सम्पर्कको लागि 0685786057), जगत बहादुर थापा, प्रमोद पाण्डे (सम्पर्कको लागि 0686871414), राजेन्द्र कार्की, सुक गुरुङ, चन्द्रा गुरुङ, शोभा गुरुङ, शुभद्रा घिमिरे, दोर्जे शेर्पा, कुमार राई र महिला प्रतिनिधी गोमा तामांग उप्रेती छन् ।
संस्थाको उद्घाटन हुँदै छ यहि अक्टोबर १८ का दिन विशेष कार्यक्रमका साथ पेरिसमा । कार्यक्रम मध्यान्ह १२ बाट शुरु हुँदै छ । शुरुमा नास्ता लगत्तै विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना र मन्तब्य दिने छन् । त्यसपछि नृत्य र गीत संगीत हुने छ । केहि नाम चलेका कलाकारहरुले यहि कार्यक्रमकालागी भनेर केहि समय अघि देखि रिहर्सल गरेकोपनि सुनिएको हो । त्यसैले कार्यक्रम संस्था उद्घाटन गर्ने मात्रै नभएर सहभागीलाई मनोरंजन हुने खालकोपनी छ ।
कार्यक्रम स्थान र समय :
72 Avenue Felix-Faure
75015 Paris
Metro-Boucicaut
Line-8
Bus-62




