गजल
-अविरल अधिकारी
अमन चयन दिन्छौ भनी, जनताका आकाङ्क्षा मार्नेहरु
अनुगमन भैसक्यो रे भन्दै, गलत छाप पार्नेहरु
गणतन्त्र नेपालका पथ, प्रदर्शक बन्न खोज्दैछन
घुम्ने कुर्सी खोज्दै रातारात, नारायणहिटी चार्नेहरु
बिद्रोहको खाडल कहिल्यै, कहिल्यै नपुर्ने रहेछन
सोझा-सिधा गाँउले जनतालाई, सिधै बैतरणी तार्नेहरु
कस्तो हुन्छ गणतन्त्र नेपाल, भन्ने कौतुहलता थियो
प्रधानमन्त्री बन्दा रहेछन, दुई ठाउँबाट चुनाव हार्नेहरु
गणतन्त्रत्मक देश नेपालको, संबिधान लेख्ने अरे अब
भारतको गुलामी गर्दै, राजदरबारलाई स्याहार्नेहरु
देशलाई शान्तिको मार्गमा, लैजाने रे बुद्धिका दरिद्रहरु
हतियार लुकाइ शिविर देखाइ, अनमिनलाई टार्नेहरु




