गजल
-नेपोलियन मरहट्टा
पक्कै पनि हिजो पानी पर्यो होला थोपा थोपा
तिम्रो शिर हुँदै पाउ झर्यो होला थोपा थोपा ।
बर्सिएर आकाशबाट कोमल् ति अंग छुँदा
लाजमाने जस्तो पनि गर्यो होला थोपा थोपा ।
निधारबाट ओठ् हुँदै चुहिएर छातीभरी
छिल्लिएर दाँया बाँया सर्यो होला थोपा थोपा ।
बस्त्र सँगै टाँस्सिएर शरीर् पारदर्शी बन्दा
जलक्रिडा गर्दा गर्दै मर्यो होला थोपा थोपा ।
मरे पनि अजर् अनि अमर् छन् ति पानीहरु
पवित्र भै सात गंगा तर्यो होला थोपा थोपा ।





