जनबाद र साम्यबादका पेस्तोल
-पशुपति शर्मा /दोहा (कतार)
ए कमरेड !
जनबाद र साम्यबादका पेस्तोल
गरिखाने र गराई खाने बिचको समानता
सर्वहाराको अधिनायकत्व
अचेल कुन भल पानीमा बगायौ ?
गरिबलाई आँङ र छाक टार्ने आश्वासनको
आधुनिक जाल बुन्दै
ऋतुहरुको परिकल्पना सँगै
किर्ते रुप फेर्दै
यो गर्न र त्यो गर्नका नाममा
कति देशको यात्रा भो कामरेड !
आज मात्रृभूमिमा छौ कि बिदेश भ्रमणमै ?
अस्ती हिजो जस्तै भोली आज पनि साङ्लोले
कसिएकै
समानता र मुल्य अझै छैन सामान्तको काममा
धसिएकै
मजदुर उड्पिडकको काँडे तारमा
तिमीले भने जस्तो
जनबाद र साम्यबादको संघारमा
भोक प्यासको चित्कार र रोधनमा
नयाँ-नयाँ साल सँगै, पुराबर्ष छाक टार्ने रहरमा
वाध्यतामा आफ्ना नयाँ पिंढीहरुको,
शिक्षा अस्ताउँदो
युग सँगै तिम्रो यात्राले
गरिबीलाई कस्काउँदो
पर्दा अगाडी प्रगतिशील नाईकेको,
अभियानका भ्रमले
प्रस्फुटन हुदै गरेका सुखका आशाहरुलाई
तिम्रो चलचित्रे टिकट लिन त
वाध्य बनायो
जसले तिम्रो र तिम्रा मुठभेडे कामरेडको
सुनौलो संसार त फि-योहोला
तर कामरेड,
तिमीले बाहिर बोलेनस्तो गरिब र निमुखाको
जनबाद खोइ त ?
दुनिया फेरिदैछ,
दुनिया सँगै नायक नायिकाहरु पनि
फेरिदै छन्
स्यालको बथानमा अचाल बाघेनि हूइयाँ
गर्दैछन्
सुकुम्वासीका नेता जमिनदार जस्तै
शरणार्थीको समाधान, साम्राज्यबाद
हुदैछ।
दासता र उत्पिडनका बिरुद्धका संगठनहरुमा
नयाँ-नयाँ नाइके थपिदै
मूक्ति र समानता मूठ्ठीहरुमा
असुहाउँदा मूठ्ठी थपिदैछन्
मूक्तिको परिभाषा,
स्वयत्त मधेश एक प्रदेश बुझी,
समानताको अर्थ
बिस्तारबाद सँग आत्मसमर्पण,
संघीय राज्य बुझ्यौ कि?
अझै नौलो अर्थ खोज्न
छिन छिनको
बिदेश भ्रमण हो कामरेड !
राष्ट्र ऐले,
जिर्ण नाबालक जस्तो
सर्वाङ्ग शक्ति बिहिन झै
मौनताको डाँकमा,
स्वतन्त्रताको आवाज निकाल्दै
राष्ट्रियता र स्वाधिनताको चित्कार,
प्रष्फुटन गर्दै
यथार्थताका एकताको माग गरिरहेछ।
तर कामरेड,
अशान्तिका खुट्किला पार गर्दै
शान्तिका विछ्यौनामा निदाउने बेलामा
प्रकृतिको मेघ गर्जन सँगै
राष्टको अटल छातीलाई
सिमापारी हुत्यउने उद्धेश्यले
राष्ट्रमा दुर्लबताको ग्रहण छाँया परिरहेछु
तर तिमी कुन दुनियाँमा भ्रमणमा
कामरेड !
Email: [email protected]




