छिमेकी देश जाँदा’नी यत्रो टंटा ?

गीता घिमिरे/देहरादुन

 कति गाँउ मात्रै घुम्ने । अनि सधैं गाँउ घरका मात्रै कुरा । कहिले त यसो शहरबजार तिर गई रमाईलो हेर्न मन लाग्ने । कार्यलयबाट विदा नलिएको पनि निकै भएको थियो । फेरी दशैको टिका पछि अध्ययनका लागि विदेश यात्रा तय गर्नु पर्ने । बाहिर जानु अघि जम्मा भएको बिदा लिएर भारतको देहरादुनमा बस्दै आएकी मेरी दिदीलाई पनि भेट्नु पर्यो भन्ने विचार आयो । केही समय अघि त्यता तिर लागें । काठमाडौं काम विशेषले गएकी थिएँ । दिल्लीसम्म हवाई यात्रामा जाने निधो गरें । भारत जाँदा नेपालीलाई पासपोर्ट चाहिदैन भन्ने त सबैलाई थाहा भएकै कुरो हो । बोडिङपास लिई त्यो पासपोर्ट जाँच गर्ने लाईनमा उभिएँ । लामो लाईन रहेछ स्वदेशीहरुको । ओहो खाडी मुलुक जाने नेपाली कामदार त कति धेरै ! नेपाली युवा जनशक्ति यसरी पलायन भएको देख्दा कस्तो नराम्रो महसुस भयो । तर के गर्ने ? मैले गर्न सक्ने त केही थिएन ।

 मेरो पछाडी एकदमै आधुनिक देखिने एक महिला थिइन् । ती महिलाका श्रीमान् हरियो कागजमा के के भर्दै थिए । उनीहरु सम्भवत बेलायत जादै थिए । जेट एयरका दुई जहाज उड्दै रहेछन त्यस दिन केहि बेरको अन्तरालमै । एउटा १ घण्टा पछि अर्को जुनमा म जाँदै थिएँ । त्यो उड्न अझै दुई घण्टा बाँकी नै थियो । ती महिला म सँगैको लाईनमा थिईन् । पहिलो जहाजका यात्री बाँकी छन् कि भन्दै सुटबुटमा कस्सिएकी एक महिला आइन् । मेरो पछाडी उभीएकी ति महिलाले केही प्रतिक्रिया नदेखाए पछि म पनि यसो बोल्ने मेसो खोज्दै थिएँ । ल अब सँगै गईने रहेछ भन्ने सुरमा मैले उनलाई जहाज उड्ने समय सोधे । अनि कुन एकरलाईन हो भन्ने पनि । उनले त हत्त न पत्त पतीलाई पो डाँको हालेर बोलाईन ।

 म त एक छिन् अकमक्कमा परें । त्यस्तो नराम्रो त केही भनेको होईन । श्रीमान्लाई नै बोलाउनु पर्ने । एक छिनमा उनका श्रीमान् आईपुगे । अनि फलानो एरलाईन्स हो भने । मैले तपाईहरुलाई त ती महिलाले बोलाउदै थिन्न भनें । मैले ल जानुस भने पछि उनिहरु दगुरे ती महिला भएतिर । उनीहरु दगुरेको हेदैथिएँ मपनि । त्यतीकैमा मनमा तर्कना आयो । मानिसको बाहिरि पहिरनले अट्कल काट्नु बेकार रहेछ । नेपाली पुरानो भनाई, सबै पहेलो वस्तु सुन हुदैन । ती महिला जो एकदमै आधुनिक पहिरनमा सजिएकि थिन्। पछि थाहा भयो उनलाई त आफु कुन एयरलाईन्सबाट जाने हो नै थाहा छैन । सुन्नेलाई यो खासै ठूलो कुरा नहोला । गहिरिएर विचार गर्ने हो भने के त्यो हाम्रो विडम्बना होइन ? वेलायत जान लागेकि महिला त्यो विरानो देशमा के गर्लिन् ? श्रीमान्लाई भात पकाउन मात्र त पक्कै गएकि होइनन् होला । यहाँ मैले के मात्र भन्न खोजेको हो भने हामी महिलाले बहिरि रुप रंगलाई भन्दा आफ्नो  वुद्धि विवेकला अध्ययन गर्ने, सिपमुलक तथा सिर्जनशिल काममा, अन्य व्यतित्व विकास हुनेतिर लगाए । आफ्नो साथ साथै देशको पनि विकास हुने । प्राय महिला आफ्नो बाहिरि रुप रंगलाई बढि ध्यान दिन्छन् ।

 तुलनात्मक रुपमा पुरुष भन्दा बढि । यो पनि हामी पुरुषप्रधान समाजमा भएका महिलाहरुको एक सोच तथा लक्षण हो भनेर नारीवादीहरुले भन्ने गर्दछन् । यस्ता सोचबाट तपाई हामीले माथि उठ्नु एकदमै आवश्यक देख्छु म । पुरुष प्रति त्यस्ता सानो तिना कुराको लागि पनि निर्भर हुनु पर्ने । यो मेरो नितान्त व्यक्तिगत धारण हो । ओहो सोच्दा सोच्दै मेरो पालो पनि आएछ । काउन्टरमा गए टिकट, बोडिङपास सबै दिए । जाँच गर्ने ले पासपोर्ट मागे । मैले भारत जान नि पासपोर्ट चाहिन्छ र भने । ती जाँच गर्ने कर्मचारीले त उतैबाट विदेश भाग्ने हो ? कि भारतमा नै हराउने हो ? फर्किने टिकट पनि छैन ? दलालको फेला पर्ला अनि के के भन्न थाले बा । म पनि बोल्न के कम ? तु जवाफ फर्काएँ -“हराउनै परे भारतमा किन हराउने ? फेरी यती धेरै पैसा तिरेर भारत किन हराउन जानु पर्यो ? भारत जाने नाकाहरु बन्द भैसकेको छैन । सके त फर्किदा पनि जहाजमा नै फर्किन पाए हुने । तपाईले यसो सहयोग गरि सित्तैमा टिकट मिलाई दिए ।”  त्यती भन्न मात्र के पाएकी थिएँ । ओहो ती त रिसाएर आगो जस्तो पो भए । अनि मैले आफैलाई अलि शान्त पार्दै तपाईले यसरी सरोकार देखाउने प्रश्न गर्ने तपाईको जिम्मेवारी हो । तर प्रश्न सोध्ने तरिका अलि मिलेन । त्यसरी जथाभावी प्रश्न गर्न तपाईको अधिकार भित्र अलि पर्देन कि भन्दै कार्यालयको कार्ड निकालेर देखाएँ । खै एक छिन् के विचार गरे । अनि बल्ल उनले मलाई अगाडी जाने इशारा गरे । 

 मलाई लाग्छ यसरी अन्तर्राष्ट्रिय विमानस्थलमा प्राय सबैलाई अझ विशेष त कामदार महिला वा पुरुषलाई बढिनै यस किसिमका अप्रिय प्रश्नहरुको सामना गर्नु पर्ने होला । यसका लागि के गर्न सकिएला ? प्रयाप्त कागजात भए पछि त्यस्तो गाह्रो गर्नु नपर्ने हो जस्तो लाग्छ । यसका लागि सम्बन्धित निकाय र व्यक्तिहरुले किन पहल नगरेको होलान् ? त्यस पछि फेरी तीन चार सुरक्षा जाँच भयो । अनि म जहाजमा चढें ।

 लगभग एक डेढ घण्टा पछि दिल्ली पनि आईपुग्यो । दिल्लीमा फेरी पासपोर्ट माग्यो । हिन्दी बोल्न आउने भए पनि सक्भर बोल्न नपरोस जस्तो लाग्ने आफुलाई । त्यसैले अंग्रेजीमा जवाफ दिएँ । उसले त हिन्दी नै बोल्छ । मैले नबुझे जस्तो गरेपछि ल नेपालबाट आउने हिन्दी नबुझ्ने भने विमानस्थलका कर्मचारीहरुले । मैले केही बेर नबोली बसें म हिन्दी बुझ्दिन भन्दै । परिचयपत्र देखा भन्न लाग्यो । नागरिता नागरिकता कार्ड देखाएँ । त्यसपछि दिल्लीमा कहाँ वस्ने ठेगाना सोध्छ । ल भो फसाद । कहाँ भन्ने । अनि होईन दिल्ली बस्ने होईन देहरादुन जाने हो भन्दा पनि मानेन । होटलको नाम थाहा छैन । अक्किल त निकाल्ने पर्र्यो भन्ने ठानेर नेपालकै एउटा होटलको नाम भनेर फुत्कीएँ । उफ् कस्तो टंटा हुने रहेछ । अहिले सम्म छिमेकी मुलुक बसमा मात्र यात्रा गरेको भएर होला मलाई यो सारै टंटा जस्तो लागेको । पुगीयो १८ करोड भन्दा पनि बढि जनसंख्या भएको दिल्ली शहर । नेपालको पुरै जनसंख्याको छ गुणा बढि जनसंख्या त दिल्लीमा मात्रै रहेछ । पहिला भन्दा धेरै परिवर्तन भईसकेछ दिल्ली शहर । परिवर्तन धेरै खाले भएका रहेछन । मिठा नमिठा अझ धेरै छन् छिमेकी देश घुम्दाको अनुभवहरु । बाँकी अर्को पटक बाँडौला ।

तपाइँको प्रतिक्रिया