खबरदार ! देशद्रोहीहरु !

-ताराश्वर शर्मा बागलुङ

खुल्ला तर जञ्जिर भित्र, आँखा तर अन्धा जस्तै

 स्वार्थी, बाहिर मन्दिरजस्तै, आवेग तर बन्दी जस्तै

 राजनीति र जनता बिचमा, किन यस्तै तानातान छ,

 एक अर्काको प्रबल निर्बल दुबै फेरी जानाजान छ ।

 चरम आक्रोश प्रस्फुटन भो, तैराउनलाई लुक्दै उनै

 आशा छिट्टै पूर्ण बिराम, भाषण ठूला फूक्दै उनै ।

 फेरी आक्रोश मन्द मन्द, मालामाल झन देशैबेची

 आकर्षण र विकर्षणमा जानाजान झनै भेषै बेची ।

 राजनीति र जन्ता बिचमा किन यस्तै पैंठे जोरी

 सोझाहरु इचाई-मिचाई भन्दै उनी दुबै कुर्ची कुरी ।

 उग्रबादमा मिठा नारा, सोझा जनता अतमलमा

 नीति बिहिन हुँदै छाडा, रोपाई जस्तै दलदलमा ।

 फेरी बिचमा अर्को पसी जनता “वा” मा टोलाऊँदै

 सामान्तिले प्रगतिशील स्वरुप पार्दै उनै बोलाऊँदै

 राजनीति र जनतामा किन यस्तो दाउपेच हुन्छ

 धनीहरुमा खुसी अर्कै, गुहार माग्दै  राष्ट्र रुन्छ।

 तर अब खवरदार है, ब्यूँझदैछन मजदुर किसान

 देश बेच्न टुक्राऊँदै छौ, संघीयताको बनाई निसान।

 प्रतिकारमा उठे जनता, ठाऊँ-ठाऊँमा मसाल बाली

 बडार्नेछन् छिट्टै अब, देशद्रोही लाई गर्दै खाली ।

 दलालहरुहो खबरदार ! सम्झौता लाई बन्द गर

 सक्छौ भने अन्धविश्वाश र कुरीतिलाई बन्द गर।

 दिन दाहाडै सोझा जनता लुट्न चुट्न बन्द गर,

 सामाज्यबाद र बिस्ताबाद लखेट्नलाई बारुद भर।

 गाउँ-गाउँ बस्ती-बस्ती गरिब किसान मनदुर जुट्दै

 होशीयार देशद्रोही हो ! आँधी फेरी पनि छ फर्किदै।

 हात-हातमा मसाल बोकी आन्दोलन छिट्टै चर्किदै

 शिरमा आफ्नो कात्रो बोक्दै देशभक्त छन् कस्सिदै ।

 -हाल दोहा /कतार

तपाइँको प्रतिक्रिया