आजबाट आउंदै छु चाखलाग्दा सामाग्री लिएर

साथीहरु नेपाल प्लस मैले हिजो अपडेट गर्न सकिन । म कार्य क्षेत्र बाहिर थिएँ  । जति प्रयास गरेपनि सफल भईन । म जुन जुन देशमा पुगें त्यहाँका किबोर्ड्नै फरक परेकोले एक हरफ टाईप गर्नपनि महाभारत । अनि मलाई बानी परेको फ्रान्सेली कि बोर्ड चाहेरपनि जहाँ पायो त्यहाँ जोड्न सकिन । आफ्नै काखे कम्प्युटर चलाउँछु भन्ने सोच्दा चाहेरपनि मैले सकिन । त्यसैले मैले चाहे जसरि नेपालप्लस अपडेट गर्न नसकेकोमा दुख लागेको  छ । आज म एकदम रमाईला समाचार सहित अपडेट गर्ने छु बेलुकातिर ।

हंगेरी, जर्मनीका केहि प्रसङ्ग र अष्ट्रियामा देखे भोगेका चाख लाग्दा विषय वस्तु लिएर उपस्थित हुनेछु । हरेक ठाउँमा पुगेपिच्छे मैले नेपाली समूदायसित छलफल  गरेको छु । दशैपनी संगै बिताएँ नेपालीहरुसित जे जस्तो भएपनि । अष्ट्रियामा मैले नेपाली जंगबहादुर लाईपनि भेटेर आएँ । मध्यरातमा हंगेरी शहरको यात्रा गरियो । यी सबै विषयहरु प्रस्तुत गर्ने छु आज बेलुकाबाट । हिजो नेपालप्लस अपडेट गर्न नसकेकोमा क्षमा चाहन्छु । साँझबाट नयाँ सामाग्रिकासाथ भेट हुने छ प्रतीक्षा गर्नुहोला ।

तपाइँको प्रतिक्रिया