प्यारो लाग्छ

शिव पन्त 

shiva-Panta-Nepal

तिम्रो न्यानो साथ प्यारो लाग्छ

मिठा मिठा बात प्यारो लाग्छ

 

माया गरेर सुम्सुम्याउने

तिम्रै कोमल हात प्यारो लाग्छ

 

सपनिमा तिमी कुरा गर्न आए

मात्र त्यही रात प्यारो लाग्छ

 

हाँसी हाँसी खप्न तयार छु म

तिम्ले दिए घात प्यारो लाग्छ ||

तपाइँको प्रतिक्रिया